७ आश्विन २०८३, बुधबार | September 23, 2026

डिआईजी शाही र कार्की एआईजीको बढुवा सिफारिसमा



काठमाडौं । नेपाल प्रहरीका दुई डिआइजी एआइजी पदमा बढुवाका लागि सिफारिसमा परेका छन् । रिक्त रहेको २ एआईजी पदका लागि गृह मन्त्रालयले डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिले सिफारिस गरेका दुई जना मध्ये शाही प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका र अर्का कार्की भने विशेष ब्युरोको नेतृत्व गरिरहेका छन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस सचिवालयका अनुसार डिआईजी द्वयलाई प्रहरी नियमावली २०७१(संशोधन सहित)को नियम २७को उप नियम (४( अनुसार सिफारिस गरिएको हो ।

दुबै जनालाई अहिलेसम्म कुनै विवादमा नपरेको प्रहरी अधिकृतका रुपमा हेरिने गरेको छ । सिफरिसका सम्बन्धमा कुनै उजुरी नपरे उनीहरुले एक साता भित्र दर्ज्यानी चिन्ह लगाउने छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ८ : ५९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११