७ कार्तिक २०८३, शनिबार | October 24, 2026

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी



काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार भएको बताएको छ ।

प्रहरी प्रवक्ता, अविनारायण काफ्लेले भोटेकोशीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा खटिएका सुरक्षाकर्मीका विरुद्ध भ्रामक प्रचार भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

“सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई लक्षित गरी आर्मी–पुलिसले राहत सामग्री आफूहरूले लिएको, वितरण नगरेको र सडिगली गएको भन्ने आशयको भ्रमपूर्ण तथा तथ्यहीन अफवाह फैलाइएको विषयप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

विपद्को समयमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने र आम नागरिकमा अविश्वास पैदा गर्ने गरी यस्ता कपोलकल्पित आरोप लगाउनु दुःखद र गैरजिम्मेवारपूर्ण कार्य भएको प्रहरी प्रवक्ता काफ्लेले बताए ।

“यस्तो संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचना प्रचार–प्रसार नगर्न हार्दिक अनुरोध गर्दछौँ,” प्रवक्ता काफ्लेले भने । प्रहरीले विपद्को समयमा नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र मानवीय सेवामा आफूहरू सदैव प्रतिबद्ध रहेको बताएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ११ : ०२ बजे

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने