११ चैत्र २०७९, शनिबार | March 25, 2023

बुटवल उपमहानगरका जनप्रतिनिधि र कर्मचारीले हरेक दिन कार्यालय प्रवेश अघि राष्ट्रियगान गाउने



बुटवल । अघिल्लो वर्ष केहि सरकारी कार्यालयमा कार्यान्वयनमा आएको कार्यालय प्रवेश गर्नु अघि राष्ट्रिय गान गाउने प्रचलनलाई बुटवल उपमहानगरले आजबाट कार्यान्वयनमा ल्याएको छ । बुटवल उपमहागरपालिाका कार्यालयमा हरेक दिन कार्यालय प्रवेश गर्नु अघि राष्ट्रिय गान गाएर मात्र सेवा सुचारु गर्ने नीति बनाईएको छ ।

साउन १ गतेदेखि सुरु भएको राष्ट्रिय गानमा सहभागि हुनुपर्ने नियम हरेक दिन कार्यान्वयन गरिने उपमहानगरले जनाएको छ । बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा राष्ट्रियता प्रतिको भावना अझ प्रगाढ बनाउन र सेवाप्रवाहमा सुशासन कायम राख्न यस्तो नियम बनाइएको उप महानगर प्रमुख शिवराज सुवेदीले बताए ।

नगरसभाका बेलामा नयाँ आर्थिक वर्ष सुरु भएसंगै कार्यालय प्रवेश गर्नुअघि राष्ट्रिय गित गाउने निर्णय भएको थियो । सोही निर्णयसंगै साउन १ गतेदेखि यसको सुरुआत गरिएको प्रमुख सुवेदीले जानकारी दिए । बिहीबार कार्यालय परिसरमा राष्ट्रिय गीतमा प्रार्थना गरेपछि मात्र कार्यालयका काममा जुटिएको उनले बताए

‘अब हरेक दिन बिहान कार्यालय समय अघि कार्यालय परिसरमा यसैगरी राष्ट्रिय गीतमा प्रार्थना गरेरमात्र काम प्रारम्भ गर्ने निर्णय भएको छ ।’ बुटवल उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । बुटवलमा विभिन्न तहका गरि करिब चार सय कर्मचारी कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ४ : २२ बजे

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

बेनी । शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा

हरियो धनियाँको मुठा बेचेर वार्षिक तीन लाख

बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च

मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा