२१ आश्विन २०८३, बुधबार | October 7, 2026

अध्यक्षद्वयलाई छलफल गर्ने समय पुगेन, नेकपा स्थायी कमिटी बैठक आइतबारसम्म स्थगित



काठमाडौं । पार्टीभित्रको अन्तसंघर्ष रोकिने कुनै बाटो फेला पार्न नसकेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सिसम्मका लागि स्थगित भएको छ ।

बैठक साउन ४ गते आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

बिहान तय भएको बैठक सुरुमा दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच थप छलफल गर्नुपर्ने भएको भन्दै बैठक पर्सिसम्मका लागि स्थगित गरिएको छ ।

बैठकका लागि स्थायी कमिटी सदस्यहरु बिहान ११ नबज्दै बालुवाटार पुगेका थिए । पार्टीभित्र विवाद बढेपछि नेकपा बैठक गत असार १८ गतेयता पटकपटक स्थगित भैरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १ : १३ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द