४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाली सेनाको प्रवक्तामा सन्तोष बल्लभ पौडेल, जाँदाजाँदै प्रवक्ता पाण्डेले दिए सञ्चारकर्मीलाई धन्यवाद



नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञान देव पाण्डेले नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारीबाट बिदा लिएका छन् ।
झण्डै १५ महिना सेनाको प्रवक्ताको जिम्मेवारी निभाएका पाण्डेले आजबाट सहायक रथी सन्तोष बल्लभ पौडेललाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरेकाछन् ।

२०७५ चैत्र २९ गतेबाट सैनिक प्रवक्ताको कार्यभार सम्हालेका सहायक रथी पाण्डेले आफ्नो कार्यकालमा सहयोगी भूमिका निभाउने आम सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकार तथा संवाददाताहरुमा हार्दिक आभार प्रकट गरेका छन् ।

उनले राज्यको चौथो अंगका रुपमा रहेको प्रेस जगतको निष्पक्ष र वस्तुगत रिपोर्टिङ्गले नेपाली सेनालाई आफ्नो कर्तव्यपथमा निर्भिक र जिम्मेवार भएर अघि बढ्न सहयोग प्राप्त भएकोमा सम्पूर्ण प्रेस जगतलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ४५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको