२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण, काँग्रेसबाट स्वास्थ्यलाभको कामना



काठमाडौं । पूर्वमन्त्री जीवनबहादुर शाहीलाई कोरोना संक्रमण भएको छ । केही दिन अघि एक प्रदेशसभा सांसदलाई कोरोना संक्रमण भएको खबर प्रकाशित भएको थियो ।

नेपाल काँग्रेसको तर्फबाट कर्णाली प्रदेशमा विपक्षी दलका नेता शाही यतिबेला होम आइसोलेसनमा उपचार गराइरहेका छन् ।

नेपाली काँग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा नेता जीवनबहादुर शाहीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण शाहीको होम आइसोलेसनमा उपचार भइरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

यसैगरी काँग्रेसले मोरङको केराबारी गाउँपालिकामा पार्टीको तर्फबाट निर्वाचित अध्यक्ष रोहितबहादुर कार्कीलाई स्थानीय किशोरसिंह ठकुरीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनाको भत्र्सना गर्दै खेद प्रकट गरेको छ ।

गम्भीररुपमा घाइते भएका कार्कीको गर्धन र हातमा चोट लागेको र हाल नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको काँग्रेसले जनाएको छ ।

काँग्रेसले एक विज्ञप्तिमार्फत खुकुरी प्रहार गर्ने ठकुरीलाई गिरफ्तार गरी कडा कानूनी कारवाही गर्न माग गर्दै घाइते भएका कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : २५ बजे

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी

राष्ट्रियसभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरसहित)

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित

बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज । बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको

गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु

गुल्मी । माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक

एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद