४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना पुष्टि भएपछि बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका आमा छोरीलाई अस्पताल लगियो



काठमाडौं । कोरोना पोजेटिभ पुष्टि भएपछि होम क्वारेन्टाइनमा रहेका भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ ।

गत आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई डाक्टरको आवश्यकता परेपछि अस्पताल लगिएको बच्चन परिवार श्रोतलाई उदृढ गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । एजेन्सीले डाक्टरको आवश्यकता परेको भनेपनि आमाछोरीकै अवस्था सामान्य रहेको खबरमा उल्लेख गरेको छ ।

ऐश्वर्याका श्रीमान् अभिनेता अभिषेक बच्चन र ससुरा बलिउड महानायक अमिताभ बच्चनलाई गएको हप्ता नै कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

भारतमा गएको २४ घण्टामा मात्रै ३४ हजार आठ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १० लाख ४० हजार नाघेको छ । भारतमा अहिलेसम्म २६ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणको कारण ज्यान गएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  २ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको