१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

कोरोना पुष्टि भएपछि बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका आमा छोरीलाई अस्पताल लगियो



काठमाडौं । कोरोना पोजेटिभ पुष्टि भएपछि होम क्वारेन्टाइनमा रहेका भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ ।

गत आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई डाक्टरको आवश्यकता परेपछि अस्पताल लगिएको बच्चन परिवार श्रोतलाई उदृढ गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । एजेन्सीले डाक्टरको आवश्यकता परेको भनेपनि आमाछोरीकै अवस्था सामान्य रहेको खबरमा उल्लेख गरेको छ ।

ऐश्वर्याका श्रीमान् अभिनेता अभिषेक बच्चन र ससुरा बलिउड महानायक अमिताभ बच्चनलाई गएको हप्ता नै कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

भारतमा गएको २४ घण्टामा मात्रै ३४ हजार आठ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १० लाख ४० हजार नाघेको छ । भारतमा अहिलेसम्म २६ हजारभन्दा धेरैको कोरोना सङ्क्रमणको कारण ज्यान गएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  २ : २९ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट