४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेकपा सचिवालय बैठक निष्कर्षविहीन, प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवासमा



काठमाडौं । प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड शीतलनिवास गएका छन् । पार्टीभित्रको विवाद नमिलेपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड शीतल निवास गएको बुझिएको छ ।

यसअघि पार्टीभित्रको विवाद समाधानको बाटो पहिल्याउन बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बिना निस्कर्ष सकिएको छ । दिउँसो  ३ बजेबाट बसेको बैठक कुनै निस्कर्ष निकाल्न नसकि सकिएको हो ।बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको बताए।

पार्टीको आन्तरिक विवाद कसरी हल गर्ने भन्ने विषयमा गहन  छलफल गरिएको छ  तर, पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र जनादेश बमोजिम काम गर्ने गरी फेरि थप छलफल गर्ने सहमति भएको उनले बताए।

उनले स्थायी समितिको बैठकलाई अघि बढाउने सहमति भएको बताए । प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘कुनै ठोस् सहमतिमा पुगिएको छैन, भोलि स्थायी समितिको बैठक तोकिएकै समयमा बस्छ।’

जारी स्थायी समिति बैठक विवादकै कारण अघि बढ्न नसकेपछि सो बैठक रोकेर सचिवालयको बैठक बसेको थियो । सचिवालय बैठक बस्नु अघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव दुई घण्टा छलफल भएको थियो ।

गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक पार्टीभित्रको अन्तर्संघर्ष चर्किएपछि असार १६ गतेबाट अघि बढ्न सकेको छैन । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग प्रचण्ड-नेपाल समुहले गरेपछि नेकपामा विवाद चुलिएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ४० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज