२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

नेकपा सचिवालय बैठक निष्कर्षविहीन, प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवासमा



काठमाडौं । प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड शीतलनिवास गएका छन् । पार्टीभित्रको विवाद नमिलेपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड शीतल निवास गएको बुझिएको छ ।

यसअघि पार्टीभित्रको विवाद समाधानको बाटो पहिल्याउन बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बिना निस्कर्ष सकिएको छ । दिउँसो  ३ बजेबाट बसेको बैठक कुनै निस्कर्ष निकाल्न नसकि सकिएको हो ।बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक सङ्कटलाई सहमतिका आधारमा सम्बोधन र समाधान गर्नेबारेमा छलफल भएको बताए।

पार्टीको आन्तरिक विवाद कसरी हल गर्ने भन्ने विषयमा गहन  छलफल गरिएको छ  तर, पार्टी एकतालाई रक्षा र सुदृढ गर्ने र जनादेश बमोजिम काम गर्ने गरी फेरि थप छलफल गर्ने सहमति भएको उनले बताए।

उनले स्थायी समितिको बैठकलाई अघि बढाउने सहमति भएको बताए । प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग भने, ‘कुनै ठोस् सहमतिमा पुगिएको छैन, भोलि स्थायी समितिको बैठक तोकिएकै समयमा बस्छ।’

जारी स्थायी समिति बैठक विवादकै कारण अघि बढ्न नसकेपछि सो बैठक रोकेर सचिवालयको बैठक बसेको थियो । सचिवालय बैठक बस्नु अघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव दुई घण्टा छलफल भएको थियो ।

गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक पार्टीभित्रको अन्तर्संघर्ष चर्किएपछि असार १६ गतेबाट अघि बढ्न सकेको छैन । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग प्रचण्ड-नेपाल समुहले गरेपछि नेकपामा विवाद चुलिएको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ४० बजे

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा