१४ आश्विन २०८०, आइतबार | October 1, 2023

मध्यपूर्वमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ताजनक : विश्व स्वास्थ्य संगठन



एजेन्सी । विश्व स्वास्थ्य संगठनले मध्यपूर्वका देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रहेको जनाएको छ ।

मध्यपूर्वका देशहरुमा पहिलो हप्ताको तुलनामा यस हप्ता कम्तीमा पनि १० प्रतिशतको दरले केशहरु बढिरहेकोले अवस्था चिन्ताजनक भएको विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धरीले बताए ।

कोरोना भाइरसको खतरा आगामी दिनमा झन् खतरा हुँदै जाने देखिएको छ । साउदी अरेयिबा, इरान, इराक, पाकिस्तानमा यस्तो बढ्दो अवस्था देखिएको छ उनले भने ।

ती देशहरुमा मृत्युको दर पनि बढ्दै गएको  छ । कोरोनाका संक्रमितमध्येका व्यक्तिहरुको मृत्यु दर पनि पहिलो हप्ताको तुलनामा यस हप्ता १३ प्रतिशतले बृद्धि भएको पाइएको छ निर्देशक मान्धारीकाको भनाई छ ।

त्यस क्षेत्रमा गएका केही हप्ताहरुयता निको हुने दर पनि स्थिर रहेको देखिन्छ । प्राप्त समाचारमा ती क्षेत्रमा करिब १० लाख संक्रमित निको भएर घर फर्किएका पाइएको छ । ती देशहरुमा त्यहाँका नागरिकले यस संक्रमणलाई कम आँकलन गरेको पाइएको छ । नागरिकहरुले यसबाट जोगिनुपर्ने स्वास्थ्यका मापदण्ड नअपनाई हेलचक्र्याईँ गरेको पनि पाइएको छ ।

त्यसैगरी यहाँका सरकारहरुले पछिल्ला केही हप्ताहरुमा स्वास्थ्य परीक्षणको दायारा पनि घटाएको पाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : १८ बजे

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन

गुल्मी । “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

त्रिवेणी । पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ

सुन तस्करी प्रकरण : छानबिन आयोग आजै गठन गर्न नेताहरु सकारात्मक

काठमाडौं । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन

लगातार घट्दै सुनचाँदीको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं । आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।