५ श्रावण २०८३, मंगलबार | July 22, 2026

मध्यपूर्वमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ताजनक : विश्व स्वास्थ्य संगठन



एजेन्सी । विश्व स्वास्थ्य संगठनले मध्यपूर्वका देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रहेको जनाएको छ ।

मध्यपूर्वका देशहरुमा पहिलो हप्ताको तुलनामा यस हप्ता कम्तीमा पनि १० प्रतिशतको दरले केशहरु बढिरहेकोले अवस्था चिन्ताजनक भएको विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धरीले बताए ।

कोरोना भाइरसको खतरा आगामी दिनमा झन् खतरा हुँदै जाने देखिएको छ । साउदी अरेयिबा, इरान, इराक, पाकिस्तानमा यस्तो बढ्दो अवस्था देखिएको छ उनले भने ।

ती देशहरुमा मृत्युको दर पनि बढ्दै गएको  छ । कोरोनाका संक्रमितमध्येका व्यक्तिहरुको मृत्यु दर पनि पहिलो हप्ताको तुलनामा यस हप्ता १३ प्रतिशतले बृद्धि भएको पाइएको छ निर्देशक मान्धारीकाको भनाई छ ।

त्यस क्षेत्रमा गएका केही हप्ताहरुयता निको हुने दर पनि स्थिर रहेको देखिन्छ । प्राप्त समाचारमा ती क्षेत्रमा करिब १० लाख संक्रमित निको भएर घर फर्किएका पाइएको छ । ती देशहरुमा त्यहाँका नागरिकले यस संक्रमणलाई कम आँकलन गरेको पाइएको छ । नागरिकहरुले यसबाट जोगिनुपर्ने स्वास्थ्यका मापदण्ड नअपनाई हेलचक्र्याईँ गरेको पनि पाइएको छ ।

त्यसैगरी यहाँका सरकारहरुले पछिल्ला केही हप्ताहरुमा स्वास्थ्य परीक्षणको दायारा पनि घटाएको पाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ९ : १८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं