१४ आश्विन २०८०, आइतबार | October 1, 2023

स्वास्थ्य मापदण्ड पालना नगर्ने ५ सय बढी सार्वजनिक सवारी साधन ट्राफिक कारवाहिमा



काठमाडौँ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरीबढी यात्रु बोकेर सञ्चालन भएका यात्रुबाहक बसलाई महानगरीय ट्राफिकले कारवाहि थालेको छ । सरकारले तोकेको मापदण्ड बिपरित बढी सवारी बोक्ने यात्रुवाहक सार्वजनिक भाडाका ३० वटा सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको हो ।

कोरोना भाईरस रोकथाम र नियन्त्रणका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सम्बन्धित जिल्लाभित्र सञ्चालन आएका सार्वजनिक यातायातलाई विशेष चेकजाँचमार्फत कडाई गरिएको प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

नियन्त्रणमा लिएका सवारी साधनलाई आज दिनभर नियन्त्रण लिई आगामी दिनमा गल्ती नगर्न भनि सम्झाई बुझाई छाडिएको ढकालले बताए ।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने जस्ता व्यवस्थालाई दुरूस्त पालना गराउनको लागि ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न,यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गर्नेजस्ता कार्यहरू गर्न आग्रह गर्दै ५५८वटा भाडाका सवारी साधनलाई सम्झाईबुझाई गरेकोपनि महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : ५२ बजे

अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टरयो

वासिंगटन डिसी । अक्टोबर १ देखि अमेरिकामा ‘सट डाउन’ खतरा

१९ औं एसियाली खेलकुद : माल्दिभ्समाथि नेपालको सहज जित

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी

माल्दिभ्समा भारत विरोधी मोहम्मद मुइज राष्ट्रपतिमा निर्वाचित

माले । माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी

रहेनन् ओखलढुङ्गा जिसस प्रमुख डिल्लीराम खनाल

ओखलढुङ्गा । जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको