७ आश्विन २०८३, बुधबार | September 23, 2026

साउन ६ गतेसम्मका लागि नेकपा स्थायी कमिटीको बैठक स्थगित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

आज दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री  निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् ।

शनिबार सहमति नजिक पुगेको भन्ने समाचार बाहिर आएपनि अर्का अध्यक्ष प्रचण्डले पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई बोलाएर कुनै सहमति नभएको बताएका थिए । सचिवालय बैठक लगत्तै  प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड   राष्ट्रपतिलाई भेट्न शीतल निवास गएपछि राजनीतिक बृत्तमा अध्यक्ष द्वयका बीच सहमति भएको अनुमान गरिएको थियो । नेताहरुबीच थप छलफल गर्नुपर्ने भन्दै स्थायी कमिटी बैठक स्थगित गरिएको छ ।

स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११