७ कार्तिक २०८३, शनिबार | October 25, 2026

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड सुचारु भएको ३ घण्टामै पुनः अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ ।

शुक्रबार देखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार साँझ ५ बजेबाट सुचारु भएको थियो। तानसेन नगरपालिका–८ गौडेपुल नजिकै शुक्रबार राती पहिरो खस्दा अवरुद्ध भएको सडक आज साँझबाट सुचारु भएकोमा आईतबार राती ८ः१५ बजे सोही स्थानमा पहिरो खस्दा सडक पुनः पूर्ण रूपमा अवरूद्द भएको छ ।

दुई दिन लगाएर सुचारु गराईएका सडकमा आइतबार पुनः पहिरो खसी सडक पूर्णरूपमा अवरूद्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । रातीको समयमा सडक खुलाउन असम्भव भएकाले सोमबार बिहानबाट खुलाउने प्रयास गरिने उनले बताए । सडक खलेको खबर सुनेर गन्तब्य तय गरेका सवारी साधनहरु सडक मै अलपत्र परेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ०८ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र