२० मंसिर २०८२, शनिबार | December 6, 2025

पहिरोका कारण नारायणगढ–​मुग्लिन सडकखण्ड अवरुद्ध



चितवन । अविरल वर्षाका कारण पहिरो जाँदा मुग्लिन-नाराणघाट सडक अवरुद्ध भएको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेतिर ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

‘पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले आज दिनैभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिन्छ’, नारायणघाट- मुग्लिन सडक आयोजनाले जनाएको छ ।

‘आज यो सडक हुँदै यात्रा गर्नुहुने महानुभावहरुले बैकल्पिक सडक प्रयोग गर्न अनुरोध छ’, आयोजनाले सूचना जारी गर्दै भनेको छ ।

निरन्तर पहिरो खसिरहेकोले तत्कालै हटाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर सडक सुचारु भएपछि मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : २९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले