१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

नेपाली क्रिकेट : मुख्य प्रशिक्षकका लागि क्यानले दरखास्त आह्वान गर्दै, विक्रम न्यौपाने पूर्णकालिन फिजियो नियुक्त



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मुख्य प्रशिक्षक नियुक्तिका लागि प्रक्रिया अघि बढाउने भएको छ ।

हाल रिक्त मुख्य प्रशिक्षकका लागि क्यानले यसै साता दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।

क्यानको कार्यसम्पादन समितिको बैठकले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) सित छलफल गरी मुख्य प्रशिक्षकका साथै महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने निर्णय गरेको छ ।

उमेश पटवालले गत वर्ष मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । पहिलो पटक खुला प्रतिस्पर्धाबाट राष्ट्रिय टोलीको प्रशिक्षक छनोट गर्न लागेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । क्यानको बैठकले सातै प्रदेशका लागि सात प्रशिक्षक नियुक्त गर्नसमेत दरखास्त आह्वान गर्ने निर्णय गरेको छ ।

यस्तै विक्रम न्यौपानेलाई नेपाली टोलीको पूर्णकालीन फिजियोका रुपमा नियुक्त गर्ने क्यानले निर्णय गरेको छ । तत्कालका लागि टोलीका सम्बन्धित विषयको समन्वय र व्यवस्थापनको जिम्मेवारीसमेत क्यानले न्यौपानेलाई दिएको छ ।

मूलपानी क्रिकेट मैदानका लागि सात कर्मचारी थप गर्दै समितिले पोखरा, भैरहवा र वीरगञ्जका लागि एकएक ‘पिच क्युरेटर’ नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष चन्दले बताए ।

यसैगरी क्यानका केन्द्रीय सदस्य जयन्ती भट्टको संयोजकत्वमा महिला क्रिकेट विकास समिति गठन गर्ने निर्णय गरिएको छ ।

उक्त समितिमा प्रदेश समितिमार्फत अन्य सदस्य थप गरिने छन् । आगामी भदौ १५ गतेभित्र क्यानको वार्षिक साधारणसभा सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  २ : ३१ बजे

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ