७ चैत्र २०८२, शनिबार | March 21, 2026

एफएनसीसीआई चुनाव : वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल र प्रधान भन्छन्, – व्यवसायिक र सक्षम नेतृत्व आउनुपर्छ



काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघमा व्यवसायिक र सक्षम नेतृत्व आउनुपर्नेमा वरिष्ठ उपाध्यक्ष पदका दुई उम्मेद्वारहरुले जोड दिएका छन् ।

महासंघको साउन २६ र २७ गते महाधिवेसन हुँदै छ । महाधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै छन् ।

वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल सहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि प्रत्यायसी दुवै उपाध्यक्षहरुले उद्योगी व्यवसायीका समस्या समाधान गर्न पहल गर्न सक्ने सक्षम व्यवसायीक नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् । महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायिक व्यक्तित्व नै आउनुपर्ने बताउँछन् ।

ढकालले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सकार र नियामक निकायसँग कुरा उठाउन सक्ने क्षमता भएको नेतृत्व आउनुपर्नेमा जोड दिन्छन् ।

ढकाल भन्छन्, ‘नेपाल उद्योग वाणिज्य महासंघको साउन २७ गते चुनाव हुन गइरहेको छ । त्यो निर्वाचनमा व्यवसायीक व्यक्तित्व नै आउनप¥यो भन्ने मेरो भनाई हो । जसले गर्दा व्यवसायीक दुःख, सानो देखि ठूलो व्यवसायसम्मको इस्युहरु, दुःखहरु अथवा सरकारसँग, नियामक निकायसँग उठाउनुपर्ने इस्युहरु छ त्यो इस्युहरु उठाउन सकोस ।’

उपाध्यक्ष ढकालका अनुसार अब आउने नेतृत्वले देशमा व्यसायीक क्रियाकलाप बढाउन, रोजगारी सिर्जना गर्न, विदेशबाट एफडिआई भित्र्याउन र समग्रमा अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्छ । नेतृत्वसँग सरकार र नियामक निकायलाई सही सुझाव दिन सक्ने क्षमता समेत हुनुपर्छ ।

‘आउने नेतृत्व पनि त्यस्तो नेतृत्व हुनप¥यो जसले व्यवसायीक क्रियाकलाप बढाउनको लागि, नेपालमा रोजगारी सिर्जना गर्नको लागि, विदेशबाट एफडीआई भित्र्याउनको लागि, समग्र अर्थतन्त्र चलायमान बनाएर राजस्व रेभिन्यु कलेक्सन गरेर समृद्ध राष्ट्र बनाउनको लागि सहयोग पुग्ने किसिमको व्यवसायीक क्षमता भएको नेतृत्व आउनुपर्छ ।’

ढकाल थप भन्छन्, ‘नेतृत्वले सरकारसँग र सम्बन्धित नियामक निकायसँग एउटा व्यवसायीक क्रियाकलापको विषयमा सही सुझाव दिन सकोस र त्यो सुझाव कार्यान्वयन भएपछि समृद्ध नेपालको कल्पनालाई साकार पार्न सक्ने किसिमको सक्षम नेतृत्व आउनुपर्छ ।’

वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार, हालका उपाध्यक्ष किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्व सक्षम बन्ने बताउँछन् । कोभिड १९ ले उद्योग व्यवसायमा पारेको असरलाई कम गर्न गोल्छाले खेलेको भुमिकाले सक्षम नेतृत्व पाउने प्रमाणित भइसकेको प्रधान जिकिर गर्छन ।

अव निर्वाचन हुने नेतृत्वले हालको अवस्थामा मौद्रिक नीतिले दिएको सुविधाहरुलाई कार्यान्वयन गरी अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्ने उनी बताउँछन् ।

प्रधानले सबै उद्योगी व्यवसायीलाई पुनरकर्जाको पहुँचमा पु-याउन आफुहरुले काम गर्ने बताए । आफु लगायत आफ्नो टिमले उद्योगी व्यवसायीको स्थिति बुझेकोले आर्थिक उन्नतीतिर लैजान कम्मरकसेर लाग्ने प्रतिवद्धता पनि उनले जनाए ।

उपाध्यक्ष प्रधानले देशका सबै साना, मझौला र ठूला उद्योगी व्यवसायीको व्यापार प्रवर्दनदेखि उत्पादन र निर्यात सहज बनाउन काम गर्ने नेतृत्व आउनुपर्ने प्रधान बताउँछन् । त्यसका लागि आफ्नो टिम सक्षम भएको समेत उनले दावी गरे ।

‘अव देशको आर्थिक उन्नतीतिर कम्मर कसरेर लाग्छौं र नेपाल उद्योग वाणिज्य महासंघको हाम्रो नेतृत्वले चाहिं देशका समग्र साना, मझौला र ठूला सबै उद्योगी व्यवसायीको व्यापार प्रवद्र्धनदेखि उत्पादन र निर्यातसम्म सम्पुर्ण कुरामा फोकस गरेर व्यक्तिगत उद्योग तथा व्यवसायी प्रति ध्यान दिने इच्छा छ ।’ प्रधानले भने ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ३ : ०५ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका