१३ श्रावण २०८३, बुधबार | July 29, 2026

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति



काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न नौ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको सेवा–सुविधादेखि राहदानी, मानव बेचबिखन नियन्त्रण, बाल श्रम निषेध, खानी तथा खनिज पदार्थ, आन्तरिक वायु सेवा र कर्मचारी सञ्चय कोषसँग सम्बन्धित विधेयक संसदमा दर्ता गर्न स्वीकृति दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सम्मित पोखरेलले विभिन्न क्षेत्रमा कानुनी व्यवस्था परिमार्जन र सुदृढ बनाउन आवश्यक विधेयक संघीय संसदमा पेस गर्ने निर्णय भएको जानकारी दिए।

मन्त्रिपरिषद्ले स्वीकृति दिएका विधेयकहरू:

  • संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी कानुन संशोधन विधेयक,
  • खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने विधेयक,
  • संक्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक,
  • राहदानी ऐन, २०७६ संशोधन विधेयक,
  • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक,
  • बाल श्रम निषेध तथा नियमनसम्बन्धी विधेयक,
  • आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक,
  • मेलमिलाप ऐन, २०६८ संशोधन विधेयक तथा
  • कर्मचारी सञ्चय कोष ऐन, २०१९ संशोधन विधेयक

 

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ५ : ३३ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला