१७ आश्विन २०८०, बुधबार | October 4, 2023

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड एकतर्फी सुचारु



बुटवल । हिजो केहिबेर सुचारु भएर अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड मंगलबार ४ः३० बजेबाट सुचारु भएको छ । आज दिनभरीको प्रयास पछि मध्यान्हबाट सो सडक एक तर्फी खुलेको हो ।

रातभरको अविरल वर्षाका कारण राजमार्गको बुटवल पाल्पा खण्डको दर्जनौं स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबार देखि अवरुद्ध सडक सोमबार केहिबेर संचालन भएपनि सोमबार रातीबाट पुनः अवरुद्ध भएको थियो । आज दिनभरीको प्रयासबाट अपरान्ह ४ः३० बजे सडक सुचारु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पाल्पा जिल्ला अन्तर्गत सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुल लगायत दर्जन बढी स्थानमा पहिरो खसेको थियो ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले राजमार्ग एक तर्फी सुचारु भएपनि दुई तर्फी खुलाउन अझै प्रयास जारी रहेको जानकारी दिएको छ । आज बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ५ : ०४ बजे

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे

झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते, नेपालगन्जमा सेना परिचालन

नेपालगन्ज । बाँकेको नेपालगन्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा

CNI suggests IMF not to influence Nepal’s policy making

Kathmandu: The Confederation of Nepalese Industries (CNI) has suggested the

अर्थमन्त्री र एमसीसीका सीईओबीच भेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव