१० भदौ २०८३, बुधबार | August 26, 2026

त्रिभुवन विश्वविद्यालय आजबाट खुल्ने, स्थगित परीक्षा भदौ ७ देखि



काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरु आजदेखि खुल्ने भएका छन् । आजैदेखि सरकारले औपचारिक रुपमा लकडाउन समाप्त गरेपछि त्रिविले सुरक्षा मापदण्ड कार्यान्वयन गर्दै सबै क्याम्पसहरु सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

लकडाउन खुलासँगै विश्वविद्यालयले आफ्नो नियमित कार्यक्रम सुचारु गर्ने निर्णय गरेको त्रिविले जनाएको छ । नेपालमा कोरोना भाइरसको सन्त्रास बढेपछि गत चैत्र ११ गतेदेखि त्रिविका सबै कार्यक्रमहरु बन्द भएका थिए । विश्वविद्यालय पूरै सञ्चालन गर्ने निर्णयसँगै त्रिविले विदामा बसेका सबै अध्यापकहरुलाई बोलाउने निर्णय गरेको छ ।

सबै अध्यापकहरु अब विश्वविद्यालय मातहतका सबै क्याम्पसमा हाजिर हुनेछन् । त्यसलगत्तै नियमित पठनपाठन बाहेकका अन्य शैक्षिक गतिविधिको काम अघि बढाउने योजना त्रिविको रहेको छ ।

परीक्षा भदौ ७ बाट
सरकारले भदौ १ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु गर्दै रोकिएका सबै परीक्षा समेत सुचारु गर्ने निर्णय गरे लगत्तै त्रिविले पनि परीक्षा लिने योजना बनाएको छ ।

यसअघि स्थगित भएका सबै परीक्षा भदौ ७ गतेबाट लिने गरी तयारी भएको त्रिविका रजिष्ट्रार प्रा. पेशल दाहालले जानकारी दिए । ‘पहिले रोकिएका परीक्षा दशैं अगावै सकिनेछन् । नियमित हुनुपर्ने परीक्षा दशैं सकिएपछि लिने तयारी छ’, रजिष्ट्रार दाहालले भने ।

कोरोना भाइरसको सन्त्रासका कारण परीक्षा दिन नपाएर घरमै बसेका त्रिविका हजारौं विद्यार्थीलाई अब राहत हुनेभएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : १९ बजे

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका