२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई पक्राउ गरेको हो।

यसअघि यही प्रकरणमा दुई जना पक्राउ परिसकेका थिए। पछिल्ला दुई जनाको पक्राउसँगै प्रश्नपत्र आउट प्रकरणमा पक्राउ पर्ने व्यक्तिको संख्या चार पुगेको छ।

सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार पक्राउ परेकामाथि शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरू प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको विषय सार्वजनिक भएपछि सीआईबीले घटनाको अनुसन्धान तीव्र बनाएको हो।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ३ : २६ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य