११ कार्तिक २०८३, बुधबार | October 29, 2026

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रौतहटको राजदेवी नगरपालिका–४ निवासी २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई पक्राउ गरेको हो।

यसअघि यही प्रकरणमा दुई जना पक्राउ परिसकेका थिए। पछिल्ला दुई जनाको पक्राउसँगै प्रश्नपत्र आउट प्रकरणमा पक्राउ पर्ने व्यक्तिको संख्या चार पुगेको छ।

सीआईबीका एसएसपी अनुपम शमशेर जबराका अनुसार पक्राउ परेकामाथि शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनीहरू प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको विषय सार्वजनिक भएपछि सीआईबीले घटनाको अनुसन्धान तीव्र बनाएको हो।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ३ : २६ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय