६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

डिल्लीनारायण पाण्डेले दुर्गा नेपाललाई कति राम्री भनेपछि….



बुटवल । तीज नजिकिँदै जाँदा नाच्न तम्सेर बसेका महिलाहरुले मुद्रण ब्यवसायी तथा लोक दोहारी गायक गायक डिल्लीनारायण पाण्डेय र दुर्गा नेपालले तीजी गीतमा नाच्न पाउने भएका छन् । पाण्डेयको शब्द र लयमा दर्शक र श्रोता नचाउने भाका र लय सहितको तीजको गीत बजारमा आएको छ ।

गायक पाण्डेयले खबर कुरासँग कुरा गर्दै मौलिक शब्द र नेपाली पाराको उठ्यो बस्यो शैलीमा नाच्न मिल्ने गरि लय बनाईएको बताए ।

‘कति राम्री’ शिर्शक दिईएको तीज गीत मंगलबारदेखि बजारमा आएको हो । नेपाली महिलाहरुको महान् चाड तीज गीत नजिकिदै गर्दा पाण्डेय र नेपालले सो गीत बजारमा ल्याएका हुन् । गीतमा तीजको महत्व झल्काइएको छ ।

गीतमा गायक डिल्लीनारायण पाण्डे र दुर्गा नेपालको स्वर रहेको छ । डिल्लीनारायण पाण्डेको लय शब्द, रहेको गीतमा अंकिता नेपाल र निरज ले अभिनय गरेका छन् । लोकेन्द्र शाहको निर्देशन रहेको सो गीतको छायांकन सम्पादन मनिष पन्तको रहेको छ । गीत श्रीनगर फिल्म प्रा.लि. मार्फत बजारमा ल्याएको हो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  २ : ३२ बजे

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन

नेपाली महिला ‘यु-१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा