२८ चैत्र २०८२, शनिबार | April 11, 2026

अमेरिका-चीन सम्बन्ध झन चिसियो, हस्टन महावाणिज्य कार्यालय बन्द गर्न अमेरिकाको निर्देशन, जवाफी कार्वाही गर्ने चीनको चेतावनी



अमेरिकाले हस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ ।

चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु–याउने भन्दै विरोध गरेको छ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ ।

पछिल्लो समय अर्ध–स्वायत्त हङकङका सन्दर्भमा पारित भएको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेपछि दुई मुलुकबीचको सम्बन्ध थप चिसो बनेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता चीनले अमेरिका समक्ष आग्रह गरेको बताएका छन् ।

वाङले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिएका छन् ।

वेइजिङमा आयोजित पत्रकार सम्मेलनमा वाङले भने, “यो अमेरिकाले एकपक्षीय रुपमा संचालन गरेको राजनीतिक भडकाउपूर्ण कार्य हो, र यसले अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गर्दछ । साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौताको पनि उल्लंघ हो ।”

वाङले “अमेरिकाबाट भएको यो लज्जाजनक एवं अन्यायपूर्ण कदमको हामी कडा शब्दमा निन्दा गर्दछौं भन्दै यस कदमले चीन–अमेरिका सम्बन्धलाई ध्वस्त बनाउन सक्नेछ” भनेकाछन् ।

हस्टनस्थित स्थानीय संचार माध्यमका अनुसार महावाणिज्यदूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक र प्रहरीहरु साँझपख कन्सुलेट भवनमा आइपुगेका थिए ।

हस्टन प्रहरी प्रमुखले भवनको परिसरबाट धुँवा निस्केको जानकारी दिँदै भवन परिसरभित्र प्रवेश गर्न नदिइएको बताए।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : २५ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र