२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

लकडाउन खुलेसँगै कुश्मामा गुलेली शैलीको लठ्ठे पिङ सन्चालनमा, बन्जी र स्विङ छिट्टै खुल्ने



पर्वत । विश्वकै दोश्रो अग्लो बन्जी सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो र नमुना पिङ आज (बुधबार)बाट सन्चालनमा आएको छ।

बन्जीका लागि कालीगण्डकी नदीको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने पुलको उचाई २ सय २८ मिटर छ भने सो भन्दा माथि बाइएको पिङको उचाई नदीबाट २ सय ४८ मिटर छ ।

जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक छ। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ ।

सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडिबाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ।

पिङ निर्माण र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए।

चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ। पिङ खेल्न प्रतिव्यक्ति दुई सय रुपैयाँ लाग्ने कार्कीले बताए।

विश्वकै अग्लो स्विङ र स्काई साइक्लीङ समेत निर्माण गरेको कम्पनीले अन्य गतिविधि समेत छिट्टै खोल्ने बताइएको छ। क्षेत्रलाई एड्भेन्चर हबका रुपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ३५ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत