११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कम वर्षा भएसँगै सलह पुन: सक्रिय



काठमाडौं । वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् ।

वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् । मङ्गलबार साँझ स्याङ्जाको आकाश भएर सलहको झुण्ड तनहुँतिर लागेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईंले बताए ।

बर्साद्को समयमा सलहहरू ठूला रुखका हाँगामुनि र पातमुनि बस्ने भएकाले केही दिनदेखि हराएजस्तो देखिए पनि मङ्गलबार पुनः देखिएको हुमागाईंले बताए । स्याङ्जाबाट कृषि ज्ञान केन्द्रका प्रमुखले सहल सक्रिय भएको जानकारी दिए । तर तिनीहरू कहाँ गएर बसेका छन् भन्ने बारेमा खोजी जारी रहेको उनले बताए । चार दिनदेखि निस्क्रिय रहेका सलह एक्कासि देखिएपछि कृषि ज्ञान केन्द्र स्याङ्जाले त्यहाँ वरपरका स्थानीयलाई सजग रहन अनुरोध गरेको छ ।

कुनै घना जङ्गलमै सलह बसेको हुन सक्ने र वर्षा कम भएसँगै त्यो पुन सक्रिय भएर लाग्ने गर्दछ । मङ्गलबार साँझ देखिएको सलहको झुण्ड ८ देखि १० लाखसम्मको भएको अनुमान गरिएको हुमागाईंले जानकारी दिए । असारमा कञ्चनपुरवाट प्रवेश गरेको सलहको झुण्डसमेत महाकाली नदी पार गरेको र तिनीहरू महाकाली नदी वारपार गरिरहेको हुमागाईंले बताए ।

भारतमा रहेका सलह त्यहाका किसानहरूले लखेटेपछि नेपालमा आउने र नेपालका किसानहरूले लखेटेपछि भारत जाने क्रम निरन्तर चलिरहेका हुमागाईंले बताए । सलह कडा खालको प्रजाति भएकाले वर्षाको समयमा ठूला आकारमा रुखका पात, हागाँको मुन्तिर बस्ने र घाम लागेसँगै सक्रिय बन्न थालेको हुमागाईंले बताए ।

शुक्रबारसम्म हावाको बहाव नेपालतर्फ रहेकाले सलहको जोखिम रहेपनि शुक्रबारबाट हावाको बहाव राजस्थानतर्फ फर्कने भएकाले नेपालमा सलहको जोखिम शुक्रबारसम्म कायमै हुने हुमागाईंले बताए । नेपालमा रहेका सलह शुक्रबारबाट राजस्थानतर्फ फकर्ने सम्भावना छ ।

हावाको बहावकै आधारमा तिनीहरूले यात्रा तय गर्ने भएकाले शुक्रबारसम्म नेपालमा जोखिम कायमै छ । नेपालमा अब तीन दिनसम्म सलहको जोखिम रहेकाले र सजकता अपनाउनुपर्ने हुमागाईंले बताए ।

यतिबेला भारतको दिल्ली, उत्तर प्रदेश र बिहारमा सलहका झुण्ड सक्रिय रहेकाले अब हावाको बहाव नेपालतिर आएको र शुक्रबारबाट पुनः त्यतै जाने भएकाले तीन दिन जोगिएमा यो पटकको सलहको जोखिम टर्नेछ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ७ : ४५ बजे

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको