३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

बाँकेको कोहोला अब बाख्रा स्मार्ट गाउँ, किसान उत्साहित



नेपालगन्ज । बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाँके र बर्दियाका बाख्रापालक किसान उत्साहित भएका छन् ।

दुई/चारवटा बाख्रा पाल्दै आएका किसानले बाख्रा स्मार्ट गाउँ कार्यक्रममा आबद्ध भएपछि बाख्राको सङ्ख्या थप्दै गएका छन् । साथै व्यावसायिकरुपमा बाख्रापालन समेत गर्न थालेका छन् ।

बाँकेको नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित कोहोला गाउँमा सो कार्यक्रम शुरु भएपछि किसानले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेको स्थानीय अगुवा सोहनलाल यादवले बताए । उनले कोहोला गाउँ अब बाख्रा स्मार्ट गाउँको नामले चिनिँदै गएको बताए।

कोहोला बाख्रा स्मार्ट गाउँमा ५० घर परिवारले अहिले व्यावसायिक रुपमै बाख्रा पालिरहेका छन् । हरेक घरका किसानले १२ देखि ५० वटासम्म बाख्रा पालेका छन् ।

बाख्रा पालन व्यवसायबाट गाउँका किसानलाई आर्थिकरुपमा सवल बनाउने योजनाका साथ जिल्लाको नरैनापुर र जानकी गाउँपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा गत आर्थिक वर्षदेखि बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र नेपालगञ्जका प्रमुख कमला अधिकारीले जानकारी दिए ।

उनका अनुसार, बाख्रा स्मार्ट गाउँलाई साँच्चिकै स्मार्ट गराउन जलवायु स्मार्ट, प्रविधि स्मार्ट, पोषण स्मार्ट, सिँचाइ स्मार्ट, बजार स्मार्ट र अन्तर्सम्बन्धित स्मार्टलाई विशेष ध्यान दिएर काम भइरहेको छ ।

बाख्रा स्मार्ट गाउँका लागि प्रदेश सरकारले शुरुको वर्षमा ८० प्रतिशत ५० लाख लगानी गरेको छ भने २० प्रतिशत स्थानीय तह वा सम्बन्धित किसानलेनै लगानी गरेको उनले बताए ।

“बाख्रा स्मार्ट गाउँका लागि दोस्रो वर्षबाट प्रदेश सरकारले २५ प्रतिशत सहयोग घटाउँदै लैजाने र चार वर्षमा समुदाय कार्यक्रम सम्पन्न गरेर स्थानीय सरकार तथा सम्बन्धित किसानलाई हस्तान्तरण गर्ने योजना रहेको छ”, उनले भने, “बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाख्रालाई सुरक्षित राख्न नयाँ खोर निर्माण गरिएका छन् । बाख्रालाई चाहिने उन्नत जातको बोका, उन्नत घाँस, आवश्यक पर्ने औषधिलगायतको व्यवस्थापन गरिएको छ ।”

बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि अहिले बाख्राको सुरक्षा, खानपिन तथा औषधोपचारका लागि पनि किसान उत्साहका साथ लागि परेको छन् । सो कार्यक्रम शुरु भएपछि दिन प्रतिदिन किसान बाख्रापालनतर्फ आकर्षित भएको बाँकेको नरैनापुर गाउँपालिकास्थित कोहोला बाख्रा स्मार्ट गाउँका संयोजक सविर खाँनले जानकारी दिए ।

प्रत्येक मङ्गलबार बाख्रा बिक्रीको लागि बजार लगाउने र बाख्राको मलबाट व्यावसायिक तरकारी खेती गर्ने योजना रहेको कोहोला बाख्रा स्मार्ट गाउँमा अहिले ५०० बढी बाख्रापालन गरिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ८ : १७ बजे

एयर इन्डियाको विमानमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

काठमाडौं । एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ

लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

नेपालगन्ज । लुम्बिनी प्रदेशको पहाडी जिल्लाहरुमा गरिने भूम्या पूजाका लागि

संसद् आजैदेखि खुल्छ : गगन थापा

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनदेखि अवरुद्ध

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख