१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

जंगलको बीचमा व्यावसायिक बाख्रापालन



खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार दाल्फुका किसान भलराज राईले जंगलबीचमा बाख्रा फार्म सञ्चालन गरेका छन् । गाउँमै स्वरोजगार बन्दै आर्थिक आयआर्जनका लागि राईले सात वर्षअघिदेखि फिर्कुखोला नजिकै पर्ने धगेर्नी पाखाको जंगलबिचमा रहेको खेतमा बाख्रा पालन सुरु गरेका हुन् ।

उनले धगेर्नी पाखामा बाँझो खेत किनेर धान खेतीसँगै बाख्रा पालन सुरु गरेका हुन् । उनको स्थायी बसोबास माथि गाउँमा छ । तर, गाउँबाटै आधा घण्टा तल पर्ने बेँसीमा पालिएको बाख्रालाई घाँसपानी र गोठालाको काम भ्याउने गरेका छन् । उनको बाख्रा पालनमा छोरा नविन, रविनलगायतको साथ छ । बाख्रा पालनबाट वार्षिक एक लाखको हाराहारीमा आम्दानी भइरहेको रविनले बताए ।

२४ वर्षीय युवा किसान दिपेश राई ९बम्बू०ले पनि फिर्कुमा व्यावसायिक रूपमा बाख्रा पालन गरिरहेका छन् । दिपेशले भलराजसँगै सल्लाह गरेर २०७०/०७१ देखि व्यावसायिक रूपमा बाख्रा पालन सुरु गरेका हुन् । बाख्रा पालनबाटै घर खर्च चलाउन र सामान्य बचत गर्न पुगेको दिपेशले बताए । उनीहरूले गोठबाट छरसात महिनाको बोको र पठ्याङ्ग्री बिक्री गर्ने गरेका छन् । खसी पाल्दा दानाले धान्न गार्‍हो हुने भएकाले बोको र पठेक्री विक्री गर्ने गरिएको दिपेशले बताए ।

‘गर्दा हुँदो रहेछ । बाख्रा पालनबाट खान, लाउन र दुई चार रुपैयाँ खल्तीमा राख्न समस्या छैन’, दिपेशले भने, ‘घरैमा बसीबसी वर्षमा एक लाखको हाराहारीमा आम्दानी हुन्छ । पाँचरसात महिनाको बोको १२र१५ हजारमा बिक्री हुन्छ । मेहनत गर्न सके दुईरचार पैसा कमाउन टाढा जान पर्दैन रहेछ ।’

गाउँका अधिकांश स्थानीय मजदुरीको काम खोज्दै दिक्तेल, ओखलढुंगा, सोलुखुम्बुलगायतका ठाउँमा पुग्छन् । आफ्नो गाउँका साथीभाई गाउँ बाहिर गएर मजदुरी काम गरिरहँदा भलराज र दिपेशका परिवार भने फिर्कु खोला आसपासका जंगलमा बाख्रा चराइरहेका हुन्छन् । रुखमा चढेर डाले घाँस झारिरहेका हुन्छन् ।

च्यास्मीटारको फिर्कु पाखा, धगेर्नी पाखा, पादरेपाखा, गुर्दम, रातोडाँडा, टुटुंगे लगायतका क्षेत्र बाख्रा पालनका लागि उपयुक्त स्थान मानिन्छ । बिराली लहरा, हाडे, धयाँरी लगायतका घाँस प्रशस्त पाईने ठाउँमा उनीहरुले बाख्रा पालन सुरु गरेका हुन् । उनीहरू बाख्रा चराउन करिब तीनरचार किलोमिटर टाढा पर्ने दुधकोसीसम्म पुग्ने गरेका छन् । बाख्रा चराएर फर्कँदा डाले घाँसको भारी लिएर फर्कने गरेका छन् । उनीहरूको आम्दानी देखेर बाख्रा पालनमा आकर्षित हुने स्थानीयको संख्या पनि बढ्दो छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  २ : ३९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम