१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रदेश ५ का सेवाग्राहीले मोबाईलबाटै आफु नजिकको एम्बुलेन्स खोज्न सक्ने, सेवा नदिने एम्बुलेन्सलाई कारवाहि गरिने



बुटवल । प्रदेश ५ भित्र संचालन हुने एम्बुलेन्सहरु प्रदेश स्वास्थ्य निर्देशनालयको जिपीएस प्रणाली जडान नगरि सञ्चालन गर्न नपाउने भएका छन् । सेवाग्रहीले सहज सेवा प्राप्त गर्न र एम्बुलेन्स सेवालाई मर्यादित बनाउन प्रदेशमा सञ्चालन हुने हरेक एम्बुलेन्सले जिपीएस जडान गर्नु पर्ने भएको छ ।

सेवाग्रहीबाटस एम्बुलेन्सको फोन नउठ्ने, उठे पनि अन्यत्र नै भएको झुठो विवरण दिएर सेवा नदिने तथा खाली नभएको बताउने गरेको गुनासो आएपछि स्वास्थ्य निर्देशनालयले जिपीएस जडान गर्न थालेको हो ।

एम्वुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको बास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक विरामीलाई छिटो छरितो एम्वुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशका ६० वटा एम्वुलेन्सहरुमा जिपीएस डिभाइस जडान गरीएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सेवाग्रमहीले मोबाईलमा एप डाउनलोड गरि आफु रहेको स्थानको नजिकै रहेको एम्बुलेन्स थाहा पाउन सक्ने र सेवा लिन २४ सै घण्टा निर्देशनालयले हट लाईन सेवा सञ्चालन गरेको छ । आकस्मिक उपभोक्ताले सो हेल्पलाईनमा फोन गरी आफु रहेको स्थानको ठेगाना टिपाइसकेपछि हेल्प लाइनमा रहेका सहयोगी कर्मचारीबाट उक्त स्थानको सवैभन्दा नजिक र खाली रहेको एम्वुलेन्स एकिन गरी उक्त एम्वुलेन्सको चालकको मोवाइल नम्वर सेवाग्राहीलाई उपलब्ध गराउने छन् । उक्त एम्वुलेन्सले सो सेवाग्राहीलाई सेवा दिए वा नदिएको जानकारी तुरुन्त online प्रविधि मार्फत निर्देशनालउले अनुगमन गरि सेवा दिए नदिएको पत्ता लगाउने समेत ब्यवस्था गरिएको छ ।

यसैगरि एनरोइड मोवाइल प्रयोगकर्ताले मोवाइल एपमा रहेको Ambulance Nepal डाउनलोड गरी Online मागई आफ्नो GPS Location on गरिसकेपछि सो एप्लिकेशन अन गर्नुपर्नेछ र त्यस पश्चात आफ्नो नजिक रहेको एम्वुलेन्स देख्न सक्नेछन् । सो एम्बुलेन्समा क्लिक गरिसकेपछि उक्त एम्वुलेन्स आफुभन्दा कति टाढा रहेको र सो एम्वुलेन्सको गतिसमेत हेरी सो एम्वुलेन्स चालकको मोवाइल नम्वरमा क्लिक गरि चालकसँग सम्पर्क गर्न सक्नेछन् ।

निर्देशनालयले सञ्चलनमा ल्याएको प्रबिधिको आज एक कार्यक्रमका बिच प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुनर्शन बरालले उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले सेवाग्राहीलाई ठग्ने, झुट बोल्ने र सेवा नदिने एम्बुलेन्स चालकहरुलाई नियन्त्रण गरि एम्बुलेन्सलाई सेवा मुलक बनाउन प्रबिधि प्रभावकारी हुने बिश्वास ब्यक्त गरे ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद कुमार गिरीले प्रदेशमा रहेका सबै एम्बुलेन्सहरुलाई जिपीएसको दायरामा ल्याउने तयारी भईरहेको जानकारी दिंदै चालु आर्थिक वर्ष भरीमा प्रदेशका सबै एम्बुलेन्सहरु प्रदेश निर्देशनालयको निगरानीमा आउने बताए ।

प्रदेश ५ मा बिभिन्न संघ संस्थाहरुले सञ्चालन गरेका एम्बुलेन्स हरु सहित झण्डै ३ सय ५० एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् । सेवाग्राहीले निर्देशनालयको सेवा लिनका लागि ०७१-४२०४९६ मा सम्पर्क गर्न सक्ने निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ६ : ३४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा