८ आश्विन २०८०, सोमबार | September 25, 2023

प्रदेश ५ का सेवाग्राहीले मोबाईलबाटै आफु नजिकको एम्बुलेन्स खोज्न सक्ने, सेवा नदिने एम्बुलेन्सलाई कारवाहि गरिने



बुटवल । प्रदेश ५ भित्र संचालन हुने एम्बुलेन्सहरु प्रदेश स्वास्थ्य निर्देशनालयको जिपीएस प्रणाली जडान नगरि सञ्चालन गर्न नपाउने भएका छन् । सेवाग्रहीले सहज सेवा प्राप्त गर्न र एम्बुलेन्स सेवालाई मर्यादित बनाउन प्रदेशमा सञ्चालन हुने हरेक एम्बुलेन्सले जिपीएस जडान गर्नु पर्ने भएको छ ।

सेवाग्रहीबाटस एम्बुलेन्सको फोन नउठ्ने, उठे पनि अन्यत्र नै भएको झुठो विवरण दिएर सेवा नदिने तथा खाली नभएको बताउने गरेको गुनासो आएपछि स्वास्थ्य निर्देशनालयले जिपीएस जडान गर्न थालेको हो ।

एम्वुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको बास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक विरामीलाई छिटो छरितो एम्वुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशका ६० वटा एम्वुलेन्सहरुमा जिपीएस डिभाइस जडान गरीएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सेवाग्रमहीले मोबाईलमा एप डाउनलोड गरि आफु रहेको स्थानको नजिकै रहेको एम्बुलेन्स थाहा पाउन सक्ने र सेवा लिन २४ सै घण्टा निर्देशनालयले हट लाईन सेवा सञ्चालन गरेको छ । आकस्मिक उपभोक्ताले सो हेल्पलाईनमा फोन गरी आफु रहेको स्थानको ठेगाना टिपाइसकेपछि हेल्प लाइनमा रहेका सहयोगी कर्मचारीबाट उक्त स्थानको सवैभन्दा नजिक र खाली रहेको एम्वुलेन्स एकिन गरी उक्त एम्वुलेन्सको चालकको मोवाइल नम्वर सेवाग्राहीलाई उपलब्ध गराउने छन् । उक्त एम्वुलेन्सले सो सेवाग्राहीलाई सेवा दिए वा नदिएको जानकारी तुरुन्त online प्रविधि मार्फत निर्देशनालउले अनुगमन गरि सेवा दिए नदिएको पत्ता लगाउने समेत ब्यवस्था गरिएको छ ।

यसैगरि एनरोइड मोवाइल प्रयोगकर्ताले मोवाइल एपमा रहेको Ambulance Nepal डाउनलोड गरी Online मागई आफ्नो GPS Location on गरिसकेपछि सो एप्लिकेशन अन गर्नुपर्नेछ र त्यस पश्चात आफ्नो नजिक रहेको एम्वुलेन्स देख्न सक्नेछन् । सो एम्बुलेन्समा क्लिक गरिसकेपछि उक्त एम्वुलेन्स आफुभन्दा कति टाढा रहेको र सो एम्वुलेन्सको गतिसमेत हेरी सो एम्वुलेन्स चालकको मोवाइल नम्वरमा क्लिक गरि चालकसँग सम्पर्क गर्न सक्नेछन् ।

निर्देशनालयले सञ्चलनमा ल्याएको प्रबिधिको आज एक कार्यक्रमका बिच प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुनर्शन बरालले उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले सेवाग्राहीलाई ठग्ने, झुट बोल्ने र सेवा नदिने एम्बुलेन्स चालकहरुलाई नियन्त्रण गरि एम्बुलेन्सलाई सेवा मुलक बनाउन प्रबिधि प्रभावकारी हुने बिश्वास ब्यक्त गरे ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद कुमार गिरीले प्रदेशमा रहेका सबै एम्बुलेन्सहरुलाई जिपीएसको दायरामा ल्याउने तयारी भईरहेको जानकारी दिंदै चालु आर्थिक वर्ष भरीमा प्रदेशका सबै एम्बुलेन्सहरु प्रदेश निर्देशनालयको निगरानीमा आउने बताए ।

प्रदेश ५ मा बिभिन्न संघ संस्थाहरुले सञ्चालन गरेका एम्बुलेन्स हरु सहित झण्डै ३ सय ५० एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् । सेवाग्राहीले निर्देशनालयको सेवा लिनका लागि ०७१-४२०४९६ मा सम्पर्क गर्न सक्ने निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ६ : ३४ बजे

कांग्रेसद्वारा महासमिति बैठकको तयारीका लागि विभिन्न समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न महासमितिको तयारीका लागि विभिन्न

खजुरामा महाआरतीको दोस्रो सृङखला सम्पन्न

खजुरा । बाँकेको खजुरामा महाआरतीको दोस्रो सृङ्खला सफलतापूर्वक सम्पन्न भएको

सङ्घीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको

PM Prachanda’s China visit: 12 different agreements, one MoU signed

Beijing: Nepal and China have signed 12 different agreements and

PM Prachanda pays tribute to late Mao Zedong in Tiananmen Square

Beijing: Prime Minister Pushpa Kamal Dahal Prachanda paid his respect