१३ श्रावण २०८३, बुधबार | July 30, 2026

सैनिकको कुटाईबाट चेपाङ युवाको मृत्यु प्रकरण; छानविनमा सघाउने सेनाको प्रतिवद्धता



काठमाडौं । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा भएको घटनाको छानविन सुरु भएको जनाएको छ ।

राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेका सैनिकको कुटाईबाट स्थानीय एक चेपाङ युवकको मृत्यु भएपछि सेनाले आन्तरिक छानविन सुरु गरेको जनाएको हो ।

नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने जनाएको छ ।

सेनाले भनेको छ, नेपाली सेना, नेपाल सरकारको कार्यादेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ ।’

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले पूर्वी चितवनको राप्ती नगरपालिका २ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।

साउन १ गते नियन्त्रणमा लिएका चेपाङसहित सात जनालाई सेनाले कुटपिट गरेर सोही दिन छोडेको थियो । तर घर फर्किएपछि राजकुमार भने सोही दिनदेखि नै बिरामी भएका थिए । उनको गत बुधबार उपचारकै क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

सेनाले कुटेर छोराको मृत्यु भएको भन्दै बाबु विष्णुलाल चेपाङले घटनाको छानविन गरी दोषीलाई सजायँ दिन माग गरेका छन् ।

राप्ती नदी तरेर राष्ट्रिय निकुञ्जभित्र छिरेका चेपाङ युवाहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : २५ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ