८ आश्विन २०८०, सोमबार | September 25, 2023

सैनिकको कुटाईबाट चेपाङ युवाको मृत्यु प्रकरण; छानविनमा सघाउने सेनाको प्रतिवद्धता



काठमाडौं । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा भएको घटनाको छानविन सुरु भएको जनाएको छ ।

राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेका सैनिकको कुटाईबाट स्थानीय एक चेपाङ युवकको मृत्यु भएपछि सेनाले आन्तरिक छानविन सुरु गरेको जनाएको हो ।

नेपाली सेनाको सैनिक जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने जनाएको छ ।

सेनाले भनेको छ, नेपाली सेना, नेपाल सरकारको कार्यादेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ ।’

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले पूर्वी चितवनको राप्ती नगरपालिका २ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।

साउन १ गते नियन्त्रणमा लिएका चेपाङसहित सात जनालाई सेनाले कुटपिट गरेर सोही दिन छोडेको थियो । तर घर फर्किएपछि राजकुमार भने सोही दिनदेखि नै बिरामी भएका थिए । उनको गत बुधबार उपचारकै क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

सेनाले कुटेर छोराको मृत्यु भएको भन्दै बाबु विष्णुलाल चेपाङले घटनाको छानविन गरी दोषीलाई सजायँ दिन माग गरेका छन् ।

राप्ती नदी तरेर राष्ट्रिय निकुञ्जभित्र छिरेका चेपाङ युवाहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १० : २५ बजे

कांग्रेसद्वारा महासमिति बैठकको तयारीका लागि विभिन्न समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न महासमितिको तयारीका लागि विभिन्न

खजुरामा महाआरतीको दोस्रो सृङखला सम्पन्न

खजुरा । बाँकेको खजुरामा महाआरतीको दोस्रो सृङ्खला सफलतापूर्वक सम्पन्न भएको

सङ्घीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको

PM Prachanda’s China visit: 12 different agreements, one MoU signed

Beijing: Nepal and China have signed 12 different agreements and

PM Prachanda pays tribute to late Mao Zedong in Tiananmen Square

Beijing: Prime Minister Pushpa Kamal Dahal Prachanda paid his respect