२८ चैत्र २०८२, शनिबार | April 11, 2026

अमेरिका विरुद्ध चीनको ‘टिट फर ट्याट’ प्रतिक्रिया; छेन्दुको कन्सुलेट कार्यालय बन्द गर्न निर्देशन



काठमाडौं । चीन र अमेरिकाबीचको तनाबपूर्ण सम्बन्ध दिनप्रतिदिन बढ्दैछ ।

अमेरिकाले होस्टनस्थित चिनियाँ कन्सुलेट कार्यालय ७२ घण्टाभित्र बन्द गर्न दिएको निर्देशन विरुद्ध चीनले जस्तालाई तस्तै रणनीति अख्तियार गरेको छ ।

चीनको दक्षिणपश्चिम प्रान्त सिचुवानको राजधानी छेन्दुमा रहेको अमेरिकी कन्सुलेट कार्यालय बन्द गर्न चीनले आदेश दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयले शुक्रबार बिहान छेन्दुको कन्सुलेट कार्यालय बन्द गर्न र सबै गतिविधि रोक्न निर्देशन दिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

अमेरिकाले विश्वव्यापी कुटनीतिक मान्यता विपरित शत्रुतापूर्ण व्यवहार गर्दै होस्टनको कन्सुलेट  कार्यालय बन्द गर्न दिएको आदेशविरुद्ध चीनको यो प्रतिक्रिया अपेक्षित थियो । अमेरिकी कदमले अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतालाई उल्लंघन गरेको चीनले आरोप लगाएको छ।

“चीनले लिएको उपाय अमेरिकाले गरेको नाजायज कार्यलाई वैधानिक र आवश्यक जवाफ हो। यो अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता र परम्परागत कुटनीतिक अभ्यासको अनुरूप छ, ”एक मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

चीन(अमेरिका सम्बन्धको वर्तमान अवस्था चीनले हेर्न चाहेको होइन । यसको सम्पर्ण जिम्मेवार अमेरिका हो । हामी एक पटक फेरि अमेरिकालाई आफ्नो गलत निर्णय तुरुन्त फिर्ता लिन र द्विपक्षीय सम्बन्धलाई ट्र्याकमा ल्याउन आवश्यक अवस्था सिर्जना गर्न आग्रह गर्दछौं। ” चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । चीनले अमेरिकासँग उत्तेजक कदम सच्चाउन समेत आग्रह गरेको छ ।

अमेरिकामा रहेका चिनियाँ कुटनीतिज्ञहरुमाथि अमेरिकाबाट दूव्यर्ववहार र भौतिक आक्रमणका घटना हालैका दिनमा बढेको भन्दै चीनले आपत्ति प्रकट गर्दैआएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ११ : ४८ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र