१३ श्रावण २०८३, बुधबार | July 30, 2026

सुनको मूल्यवृद्धिमा ऐतिहासिक रेकर्ड, शुक्रबार अहिलेसम्मकै महंगो



काठमाडौं । सुनको मूल्यवृद्धि हुने क्रम निरन्तर जारी छ । आज शुक्रबार सुन तोलाको ९५ हजार ८ सयमा पुगेको छ ।

शुक्रबार अहिलेसम्मकै सबैभन्दा महंगो मूल्यमा कारोबार सुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९४ हजार ५ समयमा कारोबार भएको थियो । एकैदिन १३ सय रुपैयाँले बढेर रेकर्ड कायम भएको यो नै पहिलो पटक भएको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा पनि सुन चाँदीको भाउ बढ्ने गर्छ । अमेरिका र चीनबीचको बढ्दो तनावपूर्ण सम्बन्धका कारण सुनको भाउ आकाशिएको विश्लेषण गरिएको छ ।

कोरोना भाइरसका कारण रोकिएको कारोबार सुरु भएको केही दिन नवित्दै यति धेरै मूल्य बढेपछि व्यवसायीहरु भने व्यापार नहुने चिन्तामा परेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १२ : १० बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ