७ आश्विन २०८३, बुधबार | September 23, 2026

वीरगन्जमा फैलिँदो कोरोना कहर, कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु



वीरगन्ज । पर्साको वीरगन्जमा अर्का एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचाररत ८५ वर्षीया एक वृद्धा महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुटुकी रोगी ती वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।

निमोनियाको उपचार गर्न वीरगन्जस्थित एडभान्स अस्पतालमा भर्ना भएकी ती वृद्धालाई कोरोना संक्रमणको पुष्टि भएपछि गत साउन ७ गते गण्डक अस्पतालमा ल्याइएको थियो ।

यसअघि गण्डक अस्पतालमै बिहीबार एक वृद्धको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

वीरगन्जमा पछिल्लो केहिदिन यता कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ ।

सरकारले लकडाउन समाप्त पारेसँगै आम मानिसमा कोरोना फैलिन सक्ने भन्दै चिकित्सकहरुले चेतावनी दिएका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई समेत कोरोना संक्रमण देखिएपछि वीरगन्जका अस्पतालहरुमा आकस्मिक बाहेक सबै सेवा बन्द गर्न नेपाल चिकित्सक संघले निर्देशन दिइएकेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  २ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११