५ पुस २०८२, शनिबार | December 20, 2025

वीरगन्जमा फैलिँदो कोरोना कहर, कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु



वीरगन्ज । पर्साको वीरगन्जमा अर्का एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचाररत ८५ वर्षीया एक वृद्धा महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुटुकी रोगी ती वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।

निमोनियाको उपचार गर्न वीरगन्जस्थित एडभान्स अस्पतालमा भर्ना भएकी ती वृद्धालाई कोरोना संक्रमणको पुष्टि भएपछि गत साउन ७ गते गण्डक अस्पतालमा ल्याइएको थियो ।

यसअघि गण्डक अस्पतालमै बिहीबार एक वृद्धको मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

वीरगन्जमा पछिल्लो केहिदिन यता कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ ।

सरकारले लकडाउन समाप्त पारेसँगै आम मानिसमा कोरोना फैलिन सक्ने भन्दै चिकित्सकहरुले चेतावनी दिएका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई समेत कोरोना संक्रमण देखिएपछि वीरगन्जका अस्पतालहरुमा आकस्मिक बाहेक सबै सेवा बन्द गर्न नेपाल चिकित्सक संघले निर्देशन दिइएकेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  २ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको