२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

व्यापार संघमा महिला उद्यमीहरुको भेला सम्पन्न, महिला समिति गठन



बुटवल । रुपन्देही व्यापार संघमा आवद्ध महिला सदस्यहरुको भेला शुक्रवार बुटवलमा सम्पन्न भएको छ । संघ अन्तरगत रहेका बस्तुगत उपसमितिहरु गठन पुनरगठन गर्ने क्रममा सो भेला आयोजना गरिएको थियो ।

सो अवसरमा बोल्ने बक्ताहरुले महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि महिलाहरुलाई व्यवसायमा प्रोत्साहन गर्नु जरुरी रहेको बताएका थिए । उनीहरुले पुरातनवादी सोचलाई परिवर्तन गर्दै उद्यमशीलतामा लाग्ने महिलाहरुको कमी रहेको भन्दै महिलाले उद्योग, व्यापार/व्यवसायका क्षेत्रमा नमुना काम गरिरहेको र त्यसरी लागेका महिलालाई सहयोगी वातावरण बनाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले संघसंग आबद्ध भएका वा नभएका सबै क्षेत्रका व्यवसायी महिलाहरुको लागि कसरी काम गर्न सकिन्छ भन्ने बारेमा संघले फराकिलो सोंच राखेको बताउदै महिलाहरुमा उद्यमशीलता तथा व्यवसायीक क्षमता वृद्धि गर्ने विषयमा ध्यान जानु जरुरी रहेको धारणा राखे ।

अध्यक्ष लोहनीले पहिलेको तुलनामा अहिले महिलाहरूमा उद्यमशील बन्नुपर्छ र आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने चेतना आएका कारणले उद्यमशीलतामा महिलाहरू आउने क्रम बढेको छ, यसले समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पारेको हुदा त्यसलाई राज्यले सम्बोधन गरि महिला मैत्री नितीहरु निमार्ण गरि सहयोग गर्न आग्रह गरे ।

संघ प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारीले समाजको विकास पुरुषले मात्रै गरेर मात्र हुन्दैन भन्ने मान्यता अनुसार महिलाहरुलाई पनि समाजमा अगाडी बढाउनुु जरुरी रहेको भन्दै महिलाहरूलाई अगाडि लैजान सबै क्षेत्रबाट सहयोगीका हातहरु बढाउनु पर्ने बताए । संघका महासचिव दयानीधि भण्डारीले महिलाहरुलाई निर्णायक तहमा पु¥याउन र क्षमतावान महिलाहरुलाई समाजमा चिनाउने काम संघसंंस्थाहरुले गर्ने हुदा संघसंस्थामा आवद्ध हुने अपिल गरे ।

महिला उद्यमी भारती जोशीले महिलाहरू पछाडि पर्नुको मुख्य कारण हाम्रो विद्यमान सामाजिक संरचनाले गर्दा हो भन्दै त्यसलाई परिर्वतन गरि महिलाहरु स्वय अगाडी आउन हिम्मत गर्नु जरुरी रहेको बताउदै महिलाहरुलाई राज्यकातर्फबाट विशेष सहयोगको बातावरण हुनु पर्ने धारणा राखे ।

रुपन्देही व्यापार संघ, महिला संयोजक शोभा जोशीको अध्यक्षता तथा कार्यसमिति सदस्य विष्णु घिमिरेको सञ्चालनमा भएको भेलाले सरस्वती पराजुलीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । जसमा सहसंयोजकमा संझना त्रवाली, सचिवमा मञ्जु भट्टराई, कोषाध्यक्षमा सरिता नेपाल रहेका छन ।

यसैगरि सदस्यहरुमा दुर्गा श्रेष्ठ, लक्ष्मी भट्टराई, कल्पना भन्डारी, लक्ष्मी ज्ञवाली, सुरेखा थापा र यमुना श्रेष्ठ रहेका छन । समितिको सल्लाहकारमा मन्जु पराजुली, भारती जोशी, सरस्वती श्रेष्ठ र बबिता श्रेष्ठलाई चयन गरिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ५ : २९ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,