१३ आश्विन २०८०, शनिबार | September 30, 2023

सन्दीपले सीपीएल खेल्नेबारे अन्यौल



काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सीपीएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ । यसका लागि अहिलेसम्म उहाँको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।

हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सीपीएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका व्यवस्थापक रमन सिवाकोटीले बताए। “ट्रिनिडाड एण्ड टोबागो कसरी पुग्ने भन्नेबारे सोच्नै सकिएको छैन”, उनले भने, “सीपीएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्नेहुन्छ”, सिवाकोटी नेपाली क्रिकेट टोलीको भिडियो एनालिस्ट पनि हुन ।

सरकारले गत बुधबार बन्दाबन्दीको अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान भने कोरोना भाइरसको कारण आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो । “सन्दीप टोबागो कसरी पुग्ने भन्नेबारे विभिन्न निकायसित सल्लाह गरिरहेका छौँ”, व्यवस्थापक सिवाकोटीले भने।

सरकारले हवाई यात्राका लागि पहल गरिदिए सन्दीपले सीपीएल खेल्ने सम्भावना रहेको सिवाकोटी बताउँछन् । “सन्दीपको व्यक्तिगत पहलले टोबागो पुग्न सक्ने अवस्था छैन”, उनले भने, “ त्यहाँ पुग्ने सरकारको सहयोगबाहेक अरु कुनै उपाय छैन”, सन्दीपको टोबागो यात्राबारे आज पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालयलगायत सरकारी निकायसित आवश्यक सहयोगका लागि अनुरोध गर्ने सिवाकोटीले बताए । सरकारको सहयोगले एउटा नेपाली खेलाडी विदेशमा खेल्न सक्ने र खेलका माध्यमले विदेशमा नेपालको इज्जत र प्रतिष्ठा बढ्ने उनको बुझाइ छ ।

एक साताभित्र सन्दीप टोबागो पुग्न नसके उनले सिपिएल गुमाउनुपर्ने अवस्था आउनेछ । “ उता पुगिसके पछि पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, सिवाकोटीले भने, “हामीसित समय निकै कम छ, सरकारले आज भोलिमै पहल गरिदिए सन्दीपले सीपीएल खेल्ने सम्भावना रहन्छ ।”

सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भैसकेका छन् ।  उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो । उनी उक्त टिमको मार्की खेलाडी  हुन्। सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन् ।

सीपीएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सीपीएलमा कुल ३३ खेल हुने छन् । कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् ।

सन्दीप तेस्रो पटक सीपीएल खेल्ने तयारीमा हुन्छन् । उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए । यस्तै दोस्रो पटक सीपीएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थियो । उनले छ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए ।

यस वर्षको सीपीएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ । यस पटकको सीपीएलका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १० : १४ बजे

भारतीय पर्यटकलाई २५ हजार भन्दा बढी ल्याउन नदिने नियमले पर्यटन क्षेत्र प्रभावित

भैरहवा। स्थलमार्ग भई नेपालतर्फ आउने पर्यटक र भारतीय गाडीलाई सुरक्षाकर्मीहरुले

नेपालको धारणाप्रति चिनियाँ राष्ट्रपतिको पूर्ण समर्थन : प्रधानमन्त्री प्रचण्ड (विज्ञप्तिको पूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय

विमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्