११ असार २०८३, बिहिबार | June 25, 2026

सन्दीपले सीपीएल खेल्नेबारे अन्यौल



काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सीपीएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ । यसका लागि अहिलेसम्म उहाँको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।

हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सीपीएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका व्यवस्थापक रमन सिवाकोटीले बताए। “ट्रिनिडाड एण्ड टोबागो कसरी पुग्ने भन्नेबारे सोच्नै सकिएको छैन”, उनले भने, “सीपीएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्नेहुन्छ”, सिवाकोटी नेपाली क्रिकेट टोलीको भिडियो एनालिस्ट पनि हुन ।

सरकारले गत बुधबार बन्दाबन्दीको अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान भने कोरोना भाइरसको कारण आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ । सरकारको उक्त निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो । “सन्दीप टोबागो कसरी पुग्ने भन्नेबारे विभिन्न निकायसित सल्लाह गरिरहेका छौँ”, व्यवस्थापक सिवाकोटीले भने।

सरकारले हवाई यात्राका लागि पहल गरिदिए सन्दीपले सीपीएल खेल्ने सम्भावना रहेको सिवाकोटी बताउँछन् । “सन्दीपको व्यक्तिगत पहलले टोबागो पुग्न सक्ने अवस्था छैन”, उनले भने, “ त्यहाँ पुग्ने सरकारको सहयोगबाहेक अरु कुनै उपाय छैन”, सन्दीपको टोबागो यात्राबारे आज पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालयलगायत सरकारी निकायसित आवश्यक सहयोगका लागि अनुरोध गर्ने सिवाकोटीले बताए । सरकारको सहयोगले एउटा नेपाली खेलाडी विदेशमा खेल्न सक्ने र खेलका माध्यमले विदेशमा नेपालको इज्जत र प्रतिष्ठा बढ्ने उनको बुझाइ छ ।

एक साताभित्र सन्दीप टोबागो पुग्न नसके उनले सिपिएल गुमाउनुपर्ने अवस्था आउनेछ । “ उता पुगिसके पछि पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, सिवाकोटीले भने, “हामीसित समय निकै कम छ, सरकारले आज भोलिमै पहल गरिदिए सन्दीपले सीपीएल खेल्ने सम्भावना रहन्छ ।”

सन्दीप यस यामको सिपिएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भैसकेका छन् ।  उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो । उनी उक्त टिमको मार्की खेलाडी  हुन्। सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन् ।

सीपीएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । सीपीएलमा कुल ३३ खेल हुने छन् । कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् ।

सन्दीप तेस्रो पटक सीपीएल खेल्ने तयारीमा हुन्छन् । उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो । उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए । यस्तै दोस्रो पटक सीपीएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थियो । उनले छ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए ।

यस वर्षको सीपीएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ । यस पटकको सीपीएलका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १० : १४ बजे

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

‘निजी अस्पताल र बैंक तथा वित्तीय संस्थामा श्रम शोषण’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान