१४ आश्विन २०८०, आइतबार | October 1, 2023

बाँकेमा फैलियो समुदायस्तरमा कोभिड १९, संक्रमण पुष्टि भएकी एक महिला सम्पर्क बाहिर



नेपालगन्ज । बाँकेमा घट्दै गएको कोरोना संक्रमण लकडाउनको अन्त्यसँगै समुदाय स्तरबाट पुनः फैलिने जोखिम देखिएको छ ।

सरकारले लकडाउनको अन्त्य गरेको ३ दिन नबित्दै बाँकेमा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ ।

लकडाउनको अन्त्य भएको भन्दै बजार क्षेत्रमा बढेको चहलपहलका कारण संक्रमणको जोखिम बढ्दै गएको हो ।

बाँकेमा समुदाय स्तरमा कोरोना पुष्टि भएको मात्र होईन, कोरोना पुष्टि भएकी महिला सम्पर्क बाहिर पगेकी छिन् । नेपालगन्जको त्रिभुवन चौकमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको स्वाव मध्य कोरोना पुष्टि भएकी बर्दियाकी १९ बर्षीया महिला प्रशासनको सम्पर्क बाहिर पुगेकी छिन् ।

शनिबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा समुदाय स्तरबाट नेपालगन्जका २ र जुम्लाका १ जनामा कोरोना पोजेटिभ देखिए पछि बाँकेमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि भएको हो ।

आफ्नो पसल छाडेर कतै बाहिर ननिस्केका नेपालगन्ज ११ त्रिभुवन चौकमा मिठाई पसल गर्ने ३९ बर्षीय ब्यक्ति तथा र बर्दिया बाँसगढी ४ घर भइ हाल नेपालगन्ज १२ बसेर दैनिक ज्यालादारी काम गर्ने १९ बर्षीया महिलामा कोरोना पुष्टि भएसँगै नेपालगन्जमा समुदायमा जोखिम बढेको छ ।

दुबै जनाको ट्राभल हिस्ट्री हेर्दा उनीहरु बिदेश तथा अन्य जिल्ला समेत नगएको र नियमित आफ्नै काममा ब्यस्त हुने गरेको पाईएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

उता शनिवारै भेरी अस्पतालले कोरोना पुष्टि गरेको जुम्लाका ३३ बर्षिय संक्रमित पुरुष आन्तरिक राजस्व कार्यालय बाँकेमा कार्यरत अधिकृत स्तरका सरकारी जागिरे भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरु सबैको गत ८ गते नेपालगन्जको त्रिभुवन चोकमा स्वाब संकलन गरिएको थियो । त्रिभुवन चोकमा संकलन गरिएका १ सय ३० स्वाब मध्ये ३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु कोहि पनि क्वारेन्टिनमा नबसेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले बताए । उनले बाँकेमा क्वारेन्टाइन सहित समुदाय स्तरमा पनि जाँच गर्ने दायरा बढाईएकाले संक्रमण भेटिएको बताए ।

समुदाय स्तरमा कोरोना देखिएसँगै प्रदेश स्वास्थ्य निर्देशनालयले संघ र प्रदेशले तयार गरेको निर्देशिका अनुसार मात्र परीक्षण गर्न जिल्ला स्थित स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।

संघ र प्रदेशले जारी गरेको निर्देशिकामा बिदेशबाट नेपाल भित्रिएर क्वारेन्टाइनमा बसेकाको मात्र स्वाव परीक्षण गर्ने उल्लेख गरिएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ सय ३ पुगेको छ । जसमध्ये, २ जनाको मृत्यु भइ सकेको छ भने ३ सय ७२ जना निको भएर घर फर्केका छन । अब २९ जनाको आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको र अहिले सम्मकै उच्च जोखिममा रहेको भन्दै सचेत रहन आग्रह गरेका छन । उनले सामाजिक सञ्जाल प्रयोग गर्दै ‘बन्दाबन्दी पछि बाँकेमा समुदायमै पोजेटिभ केस बढिरहेको उल्लेख गर्दै अहिले सम्मकै उच्च जोखिममा रहेकाले सचेत सचेत रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १० : ४१ बजे

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा‐मदाने वन

गुल्मी । “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

त्रिवेणी । पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ

सुन तस्करी प्रकरण : छानबिन आयोग आजै गठन गर्न नेताहरु सकारात्मक

काठमाडौं । सुन तस्कारी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन

लगातार घट्दै सुनचाँदीको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

काठमाडौं । आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।