२१ भदौ २०८३, आइतबार | September 7, 2026

पूर्व पश्चिम राजमार्गको दाङ पिपरीमा जीपको ठक्करबाट २ जनाको मृत्यु, ४ घाईते



दाङ । पूर्व पश्चिम राजमार्गको दाङको पिपरीमा पैदल यात्रुहरुलाई जीपले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गको दाङ खण्ड अन्तर्गत राप्ती गाँउपालिका ८ पिपरीमा पूर्व बाट पश्चिम तर्फ आउदै गरेको बा २० च ५७४४ नंम्बरको बलेरो जिपले पैदलयात्रीहरुलाई ठक्कर दिदा घाईते भएका मध्य २ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अन्य ४ जना घाईतेको बुटवल र कोहलपुरमा उपचार भईरहेको छ । ठक्कर दिए लगत्तै स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि मेडिकल कलेज कोहलपुर बांके र चौराहा अस्पताल बुटवलमा पठाईएकोमा राप्ती ८ पिपरीका राज कुमार चौधरीको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ भने स्थानीय ८ बर्षिय बालक निशान चौधरीको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

जीपमा सवार घाईते भएका बिमला गुरुङ, उनकी छोरी शृष्टी गुरुङ, ठक्करबाट घाईते स्थानीय गौरी चौधरी, उनकी छोरी लक्ष्मी चौधरीको चौराहा अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने जीप र जीप चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ३६ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त