१० आश्विन २०८०, बुधबार | September 27, 2023

‘फेस शिल्ड’ लगाइ नाकामा खटिए प्रहरी



झापा । पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोभिड–१९ सङ्क्रमणको जोखिमबाट बच्न ‘फेस शिल्ड’को प्रयोग गर्न थालेका छन् ।

यसअघि मास्क, ग्लोब र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि अनिवार्य ‘फेस शिल्ड’को प्रयोग गर्नुपर्ने नियम लगाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

पूर्वीनाका काँकडभिट्टा भारतबाट नेपालीहरु आउने मुलुकको प्रमुख स्थलनाका हो । यसै साता नाकामा कार्यरत २० सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण भएपछि नेपाल प्रहरीले सतर्कता अपनाएको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा मातहत सीमाक्षेत्रमा १४० प्रहरी परिचालित छन् । जसमध्ये सीमा, होल्डिङ सेन्टर, मोबाइल गस्ती र क्वारेन्टिनमा खटिएका प्रहरीलाई एन–९५ मास्क, स्यानिटाइजर, ग्लोब र ‘फेस शिल्ड’ अनिवार्य गरिएको उनले जनाए ।

कोभिड–१९ को सङ्क्रमणबाट जोगिन प्रयोग हुने ‘फेस शिल्ड’, एन–९५ मास्क, ग्लोब र स्यानिटाइजर नेपाल प्रहरीले आफ्नै खर्चमा खरिद गरेको हो । १० थान गुणस्तरीय पिपिइ सेट र ११० थान रेनकोटजस्तै सामान्य पिपिइ सेटसमेत इलाका प्रहरी कार्यालयमा तयारी अवस्थामा राखिएको छ ।

हाल कार्यालयसँग ५० थान मात्र ‘फेस शिल्ड’ भएको हुँदा सबै प्रहरीले प्रयोग गर्न पाएका छैनन् । जोखिम क्षेत्रमा खटिनेले मात्र ‘फेस शिल्ड’ लगाएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका ४५ प्रहरीको यसै साता स्वाब परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १० : १४ बजे

प्रधानमन्त्री प्रचण्ड ल्हासामा

ल्हासा। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज

स्वास्थ्यमन्त्री बस्नेत बोले चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ

चितवन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा

Tourism Minister welcomes foreign tourists

Kathmandu: Foreign tourists were welcomed at the Kathmandu-based Tribhuvan International

जसपाले दियो केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई

मंगोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार