५ पुस २०८२, शनिबार | December 20, 2025

आरडीटी पोजेटिभ देखिएका वीरगन्जका एक वृद्धको कोरोना अस्पतालमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी



वीरगन्ज । वीरगन्जको कोभिड अस्पतालमा उपचार गराइरहेका अर्का एक बिरामीको मृत्यु भएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगन्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो । उनको शनिबार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

शनिवार साँझ वीरगंज हेल्थ केयर हस्पिटलमा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि राति ८ बजेतिर गण्डक अस्पतालमा लगिएको थियो ।

पहिलेदेखि नै मुटु र मधुमेहका रोगी रहेका उनलाई स्वास्प्रस्वासमा समस्या देखिएपछि शनिबार नारायण अस्पतालमा उपचाका लागि लगिएको थियो । नारायणी अस्पतालमा स्वाब दिएका उनलाई साँझ हेल्थकेयर हस्पिटल पुर्याइएको थियो ।

अस्पतालमा उपचारको क्रममा राखिएका ती वृद्धको राति ११ बजेतिरबाट स्वास्थ्य अवस्था गम्भीर बन्दैगएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उनको बिहान मृत्यु भएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए।

मृतक वृद्ध वीरगन्ज आदर्शनगरका व्यापारी हुन् । यसअघि वीरगन्जमै दुई दिनमा तीन जनाको कोराना संक्रमणकै कारण मृत्यु भैसकेको छ ।

निरन्तर कोरोना संक्रमण बढ्न थालेपछि शनिबार बिहानदेखि वीरगन्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ११ : २७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता