१३ असार २०८३, शनिबार | June 28, 2026

लकडाउन समाप्तिसँगै खेलकुद क्षेत्र सामान्य अवस्थामा फकिँदै, कभर्ड हलमा व्याडमिन्टन अभ्यास



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले लगाएको लकडाउन साउनको पहिलो साता पछि खुकुलो भएसँगै अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि विस्तारै फर्किन थालेको छ ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भड हलमा ब्याडमिन्टनले दैनिक रुपमा विदेशी प्रशिक्षकबाट अभ्यास गरिहेको छ भने अन्य खेल पनि फर्किने तयारी गरिहेका छन् ।

बिहानै केही खेलाडी र नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठ त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा उपस्थित भएका थिए । प्रशिक्षण गराउन कोरियन प्रशिक्षक चोई सिउन कुक वार्मअप गरिरहेका थिए ।

कोरोना भाइरसका कारण एक महिना अघिसम्म कोर्ट बाहिर रहेका खेलाडीहरुमा उमंग छुट्टै देखिन्थ्यो । कोर्टमा फर्केर ट्रेनिङ गर्न पाउँदा दंग थिए । खेलाडीलाई कोर्टमा फर्काउन राखेपले तोकेका मापदण्ड पुरा गरेकाले खेलाडीमा कोर्टमा फर्काउन सम्भव भएको नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताए ।

कोरियन प्रशिक्षकले कोर्टमा खेलाडीलाई विभिन्न टेक्निकहरु सिकाइरहनु भएको थियो । तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिएको बताए । निश्चित खाका बनाएर खेलाडीलाई अभ्यासमा फर्किन अनौपचारिक निर्देशन गरेपछि व्याडमिन्ट संघले विदेशी प्रशिक्षकको प्रशिक्षणमा नियमित अभ्यास गरिरहेको छ ।

लक डाउनको पहिलो तीन महिना र लकडाउन पछिको तीन महिनाको घर बसाईले व्याडिमिन्ड खेलाडीलाई चिन्ता थियो र फर्किन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

सिनियर र जुनियर गरि अभ्यास गरिरहेका ब्याडमिन्ट खेलाडी अहिले फिटनेसमा केन्द्रित छन् । कोर्टमा प्रवेश गराउनु अघि प्रशिक्षकले फिटनेसमा जोडि दिइरहेको युवा खेलाडी प्रिन्स दाहालले बताए ।

कोरोना महामारीकै बीच नेपाल ब्याडमिन्टन संघले औपचारिक रुपमै प्रशिक्षण सुरु गर्दा अन्य समूहगत खेलले भदौ पहिलो साता कुरिरहेका छन् । चर्चित खेल फुटबल र क्रिकेटलाई भने औपचारिक रुपमा प्रशिक्षण थाल्न प्राविधिक कठिनाइ छन् ।

भौतिक पूर्वाधर र स्पष्ट निर्देशिका नभएकाले खेलाडीलाई मैदान उर्तान खेलकुद गतिविधि फर्काउन चुनौति छ । राष्ट्रका लागि खेल्ने खेलाडीलाई भयरहित वातावरणबाट खेलमा फर्काउन राज्यले सकारात्मक भूमिका खेल्न आवश्यक छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १२ : ०९ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट