२० आश्विन २०८३, मंगलबार | October 6, 2026

प्रहरी हेडक्वाटर पुग्यो कोरोना संक्रमण, १ जना हवल्दार सहित ३ प्रहरीमा कोरोना देखियो



काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय सवारी शाखामा कार्यरत चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नक्सालस्थित प्रधान कार्यालयको सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिए पछि संक्रमण देखिएका सहित उनीहरुको सम्पर्कमा आएका अन्य अधिकारीहरु पनि स्वाव संकलन गरेर परीक्षणका लागि पठाईएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले कोरोनाको लक्षणसँग मिल्दो जुल्दो गरि ४ जनालाई ज्वरो आएपछि परीक्षण गराईएको जानकारी दिए । उनले ज्वरो आएका ४ जना सहित उनीहरुको सम्पर्कमा आएका अन्यको पनि स्वाव केन्द्रीय प्रयोगशाला टेकुमा पठाईएको बताए ।

प्रहरी श्रोतका अनुसार सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दार र सञ्चार निर्देशनालयमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कन्ट्याक ट्रेसिङमा परेर परीक्षण गरिएका थप केहीमा संक्रमण पुष्टि भएको प्रहरी श्रोतले बताएको छ ।
प्रहरी प्रवक्ता शाहीले आधिकारीक जानकारी स्वास्थ्य मन्त्रालयले दिने बताए । शाहीका अनुसार अहिलेसम्म देशभर १ सय १५ जना प्रहरीमा कोरोना संक्रमण भएको र धेरैजसो निको भइसकेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १ : ३५ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११