६ बैशाख २०८३, आइतबार | April 19, 2026

प्रहरी हेडक्वाटर पुग्यो कोरोना संक्रमण, १ जना हवल्दार सहित ३ प्रहरीमा कोरोना देखियो



काठमाडौं । नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय सवारी शाखामा कार्यरत चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नक्सालस्थित प्रधान कार्यालयको सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिए पछि संक्रमण देखिएका सहित उनीहरुको सम्पर्कमा आएका अन्य अधिकारीहरु पनि स्वाव संकलन गरेर परीक्षणका लागि पठाईएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले कोरोनाको लक्षणसँग मिल्दो जुल्दो गरि ४ जनालाई ज्वरो आएपछि परीक्षण गराईएको जानकारी दिए । उनले ज्वरो आएका ४ जना सहित उनीहरुको सम्पर्कमा आएका अन्यको पनि स्वाव केन्द्रीय प्रयोगशाला टेकुमा पठाईएको बताए ।

प्रहरी श्रोतका अनुसार सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दार र सञ्चार निर्देशनालयमा कार्यरत तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कन्ट्याक ट्रेसिङमा परेर परीक्षण गरिएका थप केहीमा संक्रमण पुष्टि भएको प्रहरी श्रोतले बताएको छ ।
प्रहरी प्रवक्ता शाहीले आधिकारीक जानकारी स्वास्थ्य मन्त्रालयले दिने बताए । शाहीका अनुसार अहिलेसम्म देशभर १ सय १५ जना प्रहरीमा कोरोना संक्रमण भएको र धेरैजसो निको भइसकेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १ : ३५ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय