६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

बाँकेमा समुदायमा संक्रमण देखिएपछि प्रदेश ५ स्वास्थ्य निर्देशनालयबाट समुदायमा कोरोना परीक्षणमा रोक



नेपालगन्ज । बाँकेको नेपालगन्जमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपनि प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले समुदायमा कोरोना परीक्षणमा रोक लगाएको छ ।

शनिबार समदायस्तरका दैनिक ज्याला मजदुरी गर्ने श्रमिक, मिठाई पसल गर्ने व्यवसायी र राजश्व कार्यालयका पधिकारीलाई कोरोना पुष्टि भएसँगै निर्देशनालयले निर्देशिका बाहिर गएर परीक्षण नगर्न परिपत्र गरेको निर्देशनालय श्रोतले बताएका छ ।

समुदायमा संक्रमण देखिएपछि परीक्षणको दायरा अझै बढाउनु पर्नेमा निर्देशिका बाहिर परीक्षण नगर्न परीपत्र पठाए पछि बाँकेमा धमाधम समुदाय स्तरमा कोरोना परीक्षण गरिरहेको स्थानीय प्रशासन अन्यौलमा परेको छ ।

संघीय र प्रदेश सरकारले जारी गरेको निर्देशिकामा विदेशबाट आएका, लक्षण देखिएका, क्वारेन्टाइनमा बसेका वा कोरोना पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको मात्र स्वाव परीक्षण गर्ने उल्लेख छ ।

बाँकेमा भने पालो गरिगरि सबै वर्ग, तह र समुदायको परीक्षण गरिंदै आएको थियो ।

समुदायमा परीक्षण नगर्न भनेर परिपत्र नआएको भएपनि निर्देशिका भित्र रहेर मात्र परीक्षण गर्न भनिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

समुदायमा कोरोना देखिएसँगै बाँकेमा आज आन्तरिक राजश्व कार्यालय सिल गरिएको छ भने शनिबार कोरोना पुष्टि भएकी एक जना १९ वर्षीया श्रमिक महिला अहिलेसम्म स्थानीय प्रशासनको सम्पर्कमा आएकी छैनन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले स्थानीय जनप्रतिनिधि मार्फत खोजी जारी रहेको बताए । पुष्टि भएको जानकारी मोबाईलबाट पाए लगत्तै उनले मोबाईल स्विच अफ गरेर सम्पर्क बाहिर गएकी थिईन् ।

यता प्रदेश स्वास्थ्य निर्देशनालयले भने समुदायमा परीक्षण गर्न नरोकिएको बताएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदकुमार गिरीले निर्देशिकालाई आधार बनाउन भनिएपनि जिल्लाले सके जति परीक्षण गर्न सक्ने बताए । उनले प्रदेश निर्देशनालय आफै प्रदेशका ६ जिल्लामा समुदायस्तरको परीक्षणको तयारीमा रहेको जानकारी दिए ।

प्रदेशले परासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, बर्दिया र दाङ जिल्लामा समुदायस्तरमा परीक्षण गर्ने कार्यक्रम तय गरेपनि समुदायमा संक्रमण देखिएको बाँकेमा भने योजनामा पारिएको छैन । बाँकेमा यस अघि नै समुदायमा परीक्षण भै सकेको गिरीले बताए ।

बाँकेमा समुदायमा संक्रमण देखिंदा दाङमा परीक्षण गर्ने प्रदेशको निर्णयलाई स्वास्थ्य निर्देशनालयकै एकजना अधिकारीले नाम नबताउने सर्तमा खुट्टामा पिलो आउँदा नाईटोमा ओखतीको संज्ञा दिएका छन् ।

निर्देशक गिरीले लकडाउन अन्त्य भएसँगै जोखिम बढेर गएको भने स्वीकार गरे । नागरिकहरुमा मास्क, सामाजिक दुरी जस्ता कुरा पनि हुन नसकेकाले जोखिम बढेको गिरीको भनाई छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  २ : ५० बजे

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा