६ बैशाख २०८३, आइतबार | April 19, 2026

बाँकेमा समुदायमा संक्रमण देखिएपछि प्रदेश ५ स्वास्थ्य निर्देशनालयबाट समुदायमा कोरोना परीक्षणमा रोक



नेपालगन्ज । बाँकेको नेपालगन्जमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपनि प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले समुदायमा कोरोना परीक्षणमा रोक लगाएको छ ।

शनिबार समदायस्तरका दैनिक ज्याला मजदुरी गर्ने श्रमिक, मिठाई पसल गर्ने व्यवसायी र राजश्व कार्यालयका पधिकारीलाई कोरोना पुष्टि भएसँगै निर्देशनालयले निर्देशिका बाहिर गएर परीक्षण नगर्न परिपत्र गरेको निर्देशनालय श्रोतले बताएका छ ।

समुदायमा संक्रमण देखिएपछि परीक्षणको दायरा अझै बढाउनु पर्नेमा निर्देशिका बाहिर परीक्षण नगर्न परीपत्र पठाए पछि बाँकेमा धमाधम समुदाय स्तरमा कोरोना परीक्षण गरिरहेको स्थानीय प्रशासन अन्यौलमा परेको छ ।

संघीय र प्रदेश सरकारले जारी गरेको निर्देशिकामा विदेशबाट आएका, लक्षण देखिएका, क्वारेन्टाइनमा बसेका वा कोरोना पुष्टि भएकाहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको मात्र स्वाव परीक्षण गर्ने उल्लेख छ ।

बाँकेमा भने पालो गरिगरि सबै वर्ग, तह र समुदायको परीक्षण गरिंदै आएको थियो ।

समुदायमा परीक्षण नगर्न भनेर परिपत्र नआएको भएपनि निर्देशिका भित्र रहेर मात्र परीक्षण गर्न भनिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

समुदायमा कोरोना देखिएसँगै बाँकेमा आज आन्तरिक राजश्व कार्यालय सिल गरिएको छ भने शनिबार कोरोना पुष्टि भएकी एक जना १९ वर्षीया श्रमिक महिला अहिलेसम्म स्थानीय प्रशासनको सम्पर्कमा आएकी छैनन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले स्थानीय जनप्रतिनिधि मार्फत खोजी जारी रहेको बताए । पुष्टि भएको जानकारी मोबाईलबाट पाए लगत्तै उनले मोबाईल स्विच अफ गरेर सम्पर्क बाहिर गएकी थिईन् ।

यता प्रदेश स्वास्थ्य निर्देशनालयले भने समुदायमा परीक्षण गर्न नरोकिएको बताएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदकुमार गिरीले निर्देशिकालाई आधार बनाउन भनिएपनि जिल्लाले सके जति परीक्षण गर्न सक्ने बताए । उनले प्रदेश निर्देशनालय आफै प्रदेशका ६ जिल्लामा समुदायस्तरको परीक्षणको तयारीमा रहेको जानकारी दिए ।

प्रदेशले परासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, बर्दिया र दाङ जिल्लामा समुदायस्तरमा परीक्षण गर्ने कार्यक्रम तय गरेपनि समुदायमा संक्रमण देखिएको बाँकेमा भने योजनामा पारिएको छैन । बाँकेमा यस अघि नै समुदायमा परीक्षण भै सकेको गिरीले बताए ।

बाँकेमा समुदायमा संक्रमण देखिंदा दाङमा परीक्षण गर्ने प्रदेशको निर्णयलाई स्वास्थ्य निर्देशनालयकै एकजना अधिकारीले नाम नबताउने सर्तमा खुट्टामा पिलो आउँदा नाईटोमा ओखतीको संज्ञा दिएका छन् ।

निर्देशक गिरीले लकडाउन अन्त्य भएसँगै जोखिम बढेर गएको भने स्वीकार गरे । नागरिकहरुमा मास्क, सामाजिक दुरी जस्ता कुरा पनि हुन नसकेकाले जोखिम बढेको गिरीको भनाई छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  २ : ५० बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय