३१ असार २०८३, बुधबार | July 15, 2026

आइतबार बिहान मृत्यु भएका वीरगन्जका वृद्धलाई कोरोना पुष्टी



वीरगन्ज । वीरगन्जको कोभिड अस्पतालमा उपचार गर्दागर्दै आइतबार बिहान मृत्यु भएका वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगन्ज आदर्शनगरका ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको थियो । उनको शनिबार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि गण्डक अस्पतालमा भेन्टिलेटरमा उपचार भैरहेको थियो ।

शनिवार साँझ वीरगंज हेल्थ केयर हस्पिटलमा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि राति ८ बजेतिर उनलाई गण्डक अस्पतालमा लगिएको थियो ।

पहिलेदेखि नै मुटु र मधुमेहका रोगी रहेका उनलाई स्वास्प्रस्वासमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालमा उपचाका लागि लगिएको थियो । नारायणी अस्पतालमा स्वाब दिएका उनलाई साँझ हेल्थकेयर हस्पिटल पुर्याइएको थियो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ति वृद्धको रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

गण्डक अस्पतालमा उपचारको क्रममा राखिएका ती वृद्धको स्वास्थ्य अवस्था राति ११ बजेतिरबाट गम्भीर बन्दैगएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर, आइतबार बिहान मृत्यु भयो ।

मृतक वृद्ध वीरगन्ज आदर्शनगरका व्यापारी हुन् । यसअघि वीरगन्जमै दुई दिनमा तीन जनाको कोराना संक्रमणकै कारण मृत्यु भैसकेको छ ।

यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

निरन्तर कोरोना संक्रमण बढ्न थालेपछि शनिबार बिहानदेखि वीरगन्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : ५० बजे

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज