५ पुस २०८२, शनिबार | December 20, 2025

अमेरिका लैजाने प्रलोभनमा पारी ठगी गर्ने बागलुङका २ महिला प्रहरी फन्दामा



काठमाडौं । अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गर्दै हिंड्ने २ जना महिला प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई रुपन्देहीको बुटवल पुगेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठेखोला गाँउपालिका(२ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले विभिन्न व्यक्तिहरुलाई फेसबुक, टिकटकमार्फत फलो गर्ने र आफू अमेरिकाको डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको, बिहे गरे पश्चात् अमेरिका लैजाने भन्ने प्रलोभन दिई रकम ठगी गर्ने गर्दथे ।

उनीहरुले पछिल्लो ब्यक्तिसँग ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुलेपश्चात घटनाको अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीले रुपन्देही बुटवल पुगेर उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले विभिन्न बहानामा पटक पटक गरी ५ लाख रुपैयाँ ठगी गरेको तथा शर्माले भक्तपुरको एक पीडितको छोरीसँग मितेरी लगाई अमेरिका लैजान्छु भन्ने बिश्वास दिलाई १ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

निक्की पौडेलको नाममा फेक आइडीबाट फिल्म क्षेत्रका ब्यक्तिहरुलाई समेतआफूसँग बिहे गरेमा अमेरिका लैजाने भनी ठगी गर्न खोजेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जानकारी दिएको छ ।

उनीहरुलाई ठगी मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ०६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता