१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

खातामा रकम मौज्दाज नराखि चेक काट्ने काठमाडौंका महर्जन बैंकिङ् कसुर अभियोगमा पक्राउ



काठमाडौं । खातामा रकम बिना चेक दिएर बैकिङ कसूर मुद्दाका फरार काठमाडौं कलंकीका राजेन्द्रकुमार महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने काठमाडौं महानगरपालिका-१४ कलंकी घर भएका महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७६ माघ २० गतेको फैसलाले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसलासँगै महर्जन फरार भएका थिए ।

उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार महर्जनले नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता नम्बर ०५२०५०५००६३९३० को खातामा पर्याप्त मौज्दात रकम नभएकै अवस्थामा २०७५ भदौ ५ गते चेक काटेर दिएकोमा उजुरीकर्ताले पटक पटक बैंकबाट भुक्तानी लिन जाँदा पनि रकम नभएको बताईएपछि बैंकिङ् कसुरमा उजुरी दिएका थिए ।

अदालतले बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी कैद र जरिवाना हुने फैसला गरेको थियो ।

महर्जनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : २७ बजे

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या