१३ श्रावण २०८३, बुधबार | July 30, 2026

पर्सामा कोरोनाले पाँच दिनमा ४ जनाको मृत्यु



वीरगञ्ज । नारायणी अस्पतालको कोभिड बिशेष अस्पताल गण्डकमा ५ दिनको अन्तरालमा कोरोनाको उपचार गराउन त्यहाँ पुगेका ४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

चारजना मध्ये दुईजना वीरगन्जका बजार क्षेत्र हुन् भने १७ बर्षी युवती पनि वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरकी हुन् । आइतबार निधन भएका आदर्शनगरका व्यापारी भारतीय नागरिक रहे पनि लामो समयदेखि वीरगन्जमा नै बस्दै आएको मृतकका आफन्तले बताए ।

शव व्यवस्थापन गर्ने जिम्मा पाएको नेपाली सेनाले शव व्यवस्थापन गर्ने सन्दर्भमा मृतक भारतीय नागरिक भएको खुलेपछि भारत पठाउने कि यतै व्यवस्थापन गर्ने भन्ने सवालमा भारतीय महावाणिज्य दूतावाससँग सहकार्य गर्ने जनाइएको छ ।

कोरोनाका कारण गएको बुधबार वीरगन्जको माइस्थानका ७० बर्षीय पुरुष, शुक्रबार बिहान वीरगन्ज ११ रानीघाटकी ८५ बर्षीय बृद्धा र साझँ परवानीपुरकी १७ बर्षीय युवतीको निधन भइसकेको थियो ।

आइतबार भने लामो समयदेखि वीरगन्जमा बस्दै आएका ती भारतीय व्यापारीको निधन भएको कोभिड बिशेष अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ५९ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ