१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

पोखरामा रहेका विदेशी पर्यटक भन्छन्, – हामी नेपालमै सुरक्षित छौ घर नपठाऊ



पोखरा । ‘कोभिड –१९’ कोरोना भाईरसको कहरका कारण नेपालमै रहेका बाह्य पर्यटकहरु यही सुरक्षित रहेको बताएका छन् ।

पोखरामा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुलाई नेपाल सरकारले भदौ १ पश्चात आफ्नो देश फर्किन आदेश गरे पनि नेपालमै सुरक्षित रहेको बताएका हुन् ।

पोखरामा रहेका करिब १०० बढि पर्यटकहरुको प्रतिनिधित्व गर्दै उनीहरुले पत्रकार सम्मेलनमार्फत आफ्ना कुराहरु राखेको बताउदै सरकारले सोही अनुरुपको व्यवस्था गर्ने अपेक्षा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कोअर्डिनेटर अमेरिकाकी राक्सीले आफ्नो देशमा भन्दा नेपालमै सुरक्षित रहेको बताईन् । उनले अमेरिकामा भयाभह रहेको मध्येको प्रान्तमा आफ्नो घर रहेको बताउदै नेपाल सरकारले फर्कन आदेश गरेपनि जान नचाहेको बताईन् ।

राक्सीले नेपालाई दोस्रो देशको रुपमा लिने बताउदै यहाँको कल्चर र नेचरसँग नजिक भएको बताईन् । उनले नेपाल भ्रमण पहिलो पटक भएपनि नेपाल सरकार र नेपाली दयालु तथा सहयोगी रहेकालेले नेपाललाई दोस्रो राष्ट्रको रुपमा दिएको प्रष्ट पारिन् ।

त्यस्तै अर्की अमेरिकी नागरिक एन्नीले नेपालमै अहिलेको अवस्थामा नेपालमै बस्न चाहेको धारणा राखिन् । उनले आफ्नो मुलुक फर्किई क्वारेन्टिनमा बस्नको लागि बढि शुल्क लाग्ने तर्क दिदै नेपालमै सुरक्षित रहेकोले आफ्नो देश फर्किन नचाहेको बताईन् ।

पत्रकार सम्मेलनमा उपस्थित विभिन्न मुलुकका प्रतिनिधिहरुले आ–आफ्नो मुलुकमा भन्दा नेपालमै सुरक्षित रहेकोले घर फर्किन नचाहेको बताएका थिए ।

पोखरामा आफ्नो देशमा फर्कन नचाहेको विभिन्न ४० मुलुकका १०० बढि पर्यटक रहेका छन् । उनीहरुले नेपाल सरकारले आफ्नो देश फर्कन आदेश दिएको १५ दिन भित्रमा नेपाल छाडिसक्नुपर्नेछ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : १८ बजे

अभिधम्म पिटकको सान्दर्भिकता

काठमाडौँ । नेपालको वर्तमान लुम्बिनी उद्यानमा ई.पू. ६२३ मा जन्मनुभएका

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट

तिनाउ खोलामा ३.४४ मेगावाटको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण हुँदै

बुटवल । भिजन लुम्बिनी लिमिटेड ले पाल्पाको तिनाउ गाउँपालिका-झुम्सा नजिक

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र