३१ असार २०८३, बुधबार | July 15, 2026

बुटवलमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी



बुटवल । बुटवलमा होम क्वारेन्टिनमा बसेका एकजनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर–१३ स्थित घरमै बसेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए ।

साउन २ गते साउदि अरबबाट आएका उनी घरमै होम क्वारेन्टिन बसेकाका थिए ।

आफुलाई शंका लागेपछि लुम्बिनी प्रदेशिक अस्पतालमा ११ गते उनले आफैले पैसा तिरेर पिसीआर गरेका थिए । उनको सोमबार राति कोरोना पोजेटिभ देखिएको सिंहले बताए ।

उनी विमानमार्फत काठमाडौ आएको र काठमाडौंबाट बुटवल आएर सुरक्षित रुपमै घरमा बसेका थिए ।

उनलाई बुटवलस्थित एन्फा एकेडेमी आइसोलेसनमा राखिएको छ । संक्रमितमा कुनै लक्षण देखिएका छैन । उनको आज मंगलबार कन्ट्याक्ट ट्रेसिङ गरेर थप परीक्षणको काम अघि बढ्ने सिंहले बताए । संक्रमितको परिवार होम क्वारेन्टिनमा छन ।

यसअघि सोमबार बुटवलस्थित एक होटलमा यही साउन ७ गतेदेखि बस्दै आएका एकै परिवारका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यो सँगै बुटवलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० पुगेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १ : ३३ बजे

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार