१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ३७ जना प्रहरी कोरोना संक्रमित



स्याङ्जा । मंगलबार थप १६ जनामा संक्रमण पुष्टि भएपछि स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा कोरोना संक्रमित प्रहरी कर्मचारीको संख्‍या ३७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आज बेलुकी विज्ञप्ति निकालेर स्याङ्जामा २५ संक्रमित थपिएको जानकारी दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले १६ जना प्रहरीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।

हिजो मात्रै स्याङ्जा प्रहरी प्रमुखसहित १८ जनालाई कोरोना पुष्टि भएको थियो । यसअघि पनि स्याङ्जामा २ हवल्दार र एक सिपाहीमा कोरोना पुष्टि भई सकेको छ । यो सँगै स्याङ्जामा ३७ प्रहरीमा कोरोना पुष्टि भएको छ । सुरक्षा निकायका प्रतिनिधि नै कोरोना संक्रमित बनेपछि स्याङ्जाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

सार्वजनिक सवारी बन्द गरेर अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनको लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आग्रह गरेको छ । बागलुङमा ६ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको थियो । पछिल्लो अपडेटअनुसार गण्डकीका कुल संक्रमितको संख्या १४३० पुगेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ०७ बजे

सही प्रक्रियामा चलेका कन्सल्टेन्सीलाई प्रहरीले साथ दिन्छ : एसपी शाही

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही शाखाले ‘लुम्बिनी

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु