२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु



भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा पौडी खेल्न गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ ।

पोखरीमा डुबेर चाँगुनारायण नगरपालिका–९ ताथली खड्का टोलका ५१ वर्षीय राजेश खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । लगाएको लुगा पोखरीको डिलमा राखेर पोखरीमा खड्का पसेको र पौडी खेल्दै दुई पटक निस्किदै गरे पनि तेस्रो पटक पसेपछि पोखरीमा डुबेर बेपत्ता भएका थिए ।

पछि पानीबाट उद्धार गर्ने तालिम प्राप्त उद्धार सामग्री सहितको प्रहरी निरीक्षक सुवास बुढाथोकीको टोलीले उद्धार गरी भक्तपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले खड्काको मृत्यु भइसकेको जानकारी दिएका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ५ : ३६ बजे

रवि लामिछाने विरुद्धको अभियोग पत्र फिर्ताविरुद्धको रिट सपना मल्ल र श्रीकान्त पौडेलको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड २० लाख वित्तीय सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु

रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च